क्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै

क्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै : Icon Khabar

काठमाडौं, माघ २७ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दै छ । यस खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिङ्ग गर्ने भएको छ । योसँगै यस खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेल, आरिफ सेख र ललित राजबंशीलाई आराम दिएको छ भने आकाश चन्दले एकदिवसीय डेभ्यु गर्ने भएका छन् । त्यस्तै आजको टिममा अनिल शाह र देव खनाललाई प्लेइङ ११ मा समावेश गरिएको छ ।

नेपालको प्लेइङ ११– रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी र आकाश चन्द । यस अघि विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १–० ले अगाडी रहेको छ । नेपालले यो खेल जितेर सिरिजमा आफ्नो कब्जा सुनिस्चित गर्न चाहने छ भने क्यानडाले यो खेल जितेर सिरिजमा कमब्याक गर्न चाहने छ । नेपालले सिरिजको तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ गते हुनेछ ।

Published Date: 10 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास