वी किड्स स्कूलको चौथौं स्पोट्स कार्निभल २०८० सम्पन्न

वी किड्स स्कूलको चौथौं स्पोट्स कार्निभल २०८० सम्पन्न : Icon Khabar

भक्तपुर, माघ २७ । भक्तपुरको पाण्डुबजार हाइटमा अवस्थित वी किड्स स्कूलद्वारा आयोजित चौथो स्पोट्स कार्निभल २०८० शुक्रबार सम्पन्न भयो । कार्यक्रममा शिक्षाविद प्रा. सिद्धि रत्न शाक्यको प्रमुख आतिथ्यता, नेपाल हप्किडो एशोसियसन भक्तपुरकी अध्यक्ष पद्मा खयरगोलीको विशेष आतिथ्यता रहेको थियो।

वी किड्स स्कूलको गत माघ २१ गते आइतबारदेखि चौथौं स्पोट्स कार्निभल २०८० सुरू गरेको थियो। ‘एक्स्प्लोर, लर्न र ग्रो’ लाई मुख्य आधार बनाइ सञ्चालनमा रहेको उक्त स्कूलले आयोजना गरेको सो कार्निभल कार्निभलमा समावेश खेलमा उत्कृष्ट खेल प्रदर्शनी गरेका विद्यार्थीलाई कार्यक्रम समापनको अवसरमा सम्मानित गरेको थियो ।

विद्यार्थी नानीवावुहरूको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने उद्देश्यले हप्ता भरी संचालित स्पोट्स कार्निभल २०८० मा, जम्पिङ रेस, स्पोन रेस, म्याथम्याटिकल रेस, स्याक रेस, रनिङ रेश, हुला हुप्स, पजल रेस, रिङ रेस, कलेक्टिङ बल, म्युजिकल चियर, बेलुन ब्यालेन्सिङ, टावर मेकिङ गेम, पानी भर्ने खेल, फनविथ अब्ट्याकल, निडल गेम, थ्री कोन, चियर एरेन्ज, बिस्कुट इटिङ, बेलुन ब्लाष्ट, कराते(छात्र/छात्रा), थ्रेडिङ गेम र जिगज्याग रेस खेलाइएको थियो।

समापन कार्यक्रममा विद्यार्थी नानीबाबुहरूले विभिन्न गीतहरूमा नृत्य, आत्मरक्षा सम्वन्धी नाटक र योगा प्रदर्शन प्रस्तुत गरिएको थियो। कार्यक्रमा प्रमुख अतिथि शाक्यले साना नानीबाबुहरुलाई पढाउन, सिकाउन सबैभन्दा गाह्रो र एकदमै चुनौतीपूर्ण भएको बताए। उनले बालविकासका लागि अभिभावकहरूको भूमिका अत्यन्त महत्वपुर्ण भएको बताए।

उनले बालबालिकाको सुन्दर भविष्य, दीगो र गुणस्तरीय शिक्षाका लागि शिक्षाको जगका रूपमा रहेको प्रिस्कूल शिक्षामा अभिभावकले लगानी गर्नुपर्नेमा जोड दिए ।

विशेष अतिथि खयरगोलील सानै बेलादेखि आत्मरक्षाका लागि विद्यार्थीलाई तयार गर्न सके विभिन्न घटना र विपतबाट जोगिन सकिने र आदर्श एवं अनुशासित समाज वन्न सहयोग पुग्ने धारणा व्यक्त गरिन्।

कार्यक्रमकी सभापति एवं विद्यालयकी प्रिन्सिपल मन्जु दुवालले खेलले विद्यार्थहरूको शारीरिक विकास मात्र नभई मानसिक र व्यक्तित्व विकासमा सहयोग पुग्ने र अनुशासित रहन सिकाउने माध्यम रहेको बताईन्। साथै उनले आफ्ना नानीबाबुहरूलाई हौसला दिन कार्यक्रममा उपस्थित भएकोमा सम्पूर्ण अभिभावकहरु, शिक्षकशिक्षिकाहरू लगायत सम्पूर्णलाई धन्यवाद दिदै आभार व्यक्त गरिन्।

गत आइतबार कराते खेलबाट सुरू भएको स्पोट्स कार्निभल २०८० मा नेपाल कराते महासंघका महासचिव एवं सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यातामा उद्घाटन भएको थियो ।

समापन कार्यक्रमको संचालन विद्यालयकी शिक्षिका लक्ष्मी तामाङ्गले गरेकी थिईन्। कार्यक्रमा स्वागत मन्तव्य विद्यालयका विद्यार्थीहरू समृद्धी श्रेष्ठ, रियान्स गिरीले गरेका थिए। साथै कार्यक्रमको व्यवस्थापन विद्यालयकी एकेडेमिक कोर्डिनेटर श्रीदेवी कर्माचार्यले गरेकी थिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 February 2024
Website | + posts