बजारमा आइफोनको मूल्य घट्यो

बजारमा आइफोनको मूल्य घट्यो : Icon Khabar

काठमाडौँ, माघ २६ । बजारमा आइफोनको मूल्य घटेको छ। विश्व बजारमै एप्पलले आइफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आइफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो।

नयाँ मूल्य सूचीअनुसार गत सेप्टेम्बरमा सार्वजनिक आइफोन १५ को विभिन्न मोडलको मूल्य पनि घटाइएको छ।

यसभन्दा अघि १२८ जिबी क्षमता भएको आइफोन १५ को मूल्य एक लाख ४५ हजार तीन सय ९० रूपैयाँ पर्नेमा नयाँ मूल्य एक लाख ३५ हजार दुई सय रूपैयाँ तोकिएको छ।

१ टिबी क्षमताको आइफोन १५ प्रो म्याक्सको नयाँ मूल्य दुई लाख ८९ हजार नौ सय रूपैयाँ तोकिएको छ। यसभन्दा अघि यसको मूल्य दुई लाख ९६ हजार नौ सय ९९० रूपैयाँ थियो।

कम्पनीले आइफोन ११, आइफोन १२, आइफोन १३ र आइफोन १४ को मूल्य पनि घटाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 February 2024


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी