बजारमा आइफोनको मूल्य घट्यो

बजारमा आइफोनको मूल्य घट्यो : Icon Khabar

काठमाडौँ, माघ २६ । बजारमा आइफोनको मूल्य घटेको छ। विश्व बजारमै एप्पलले आइफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आइफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो।

नयाँ मूल्य सूचीअनुसार गत सेप्टेम्बरमा सार्वजनिक आइफोन १५ को विभिन्न मोडलको मूल्य पनि घटाइएको छ।

यसभन्दा अघि १२८ जिबी क्षमता भएको आइफोन १५ को मूल्य एक लाख ४५ हजार तीन सय ९० रूपैयाँ पर्नेमा नयाँ मूल्य एक लाख ३५ हजार दुई सय रूपैयाँ तोकिएको छ।

१ टिबी क्षमताको आइफोन १५ प्रो म्याक्सको नयाँ मूल्य दुई लाख ८९ हजार नौ सय रूपैयाँ तोकिएको छ। यसभन्दा अघि यसको मूल्य दुई लाख ९६ हजार नौ सय ९९० रूपैयाँ थियो।

कम्पनीले आइफोन ११, आइफोन १२, आइफोन १३ र आइफोन १४ को मूल्य पनि घटाएको छ।

Published Date: 09 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक