राष्ट्रपति पौडेलद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त : Icon Khabar

काठमाडौँ, माघ २६ । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन्।

शुक्रबार राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेललाई क्यानडा र शनिल नेपाल पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै प्रवक्ता भट्टराईले मन्त्रिपरिषद्को सिफारिस अनुसार पौडेल र नेपाल राजदूत नियुक्त हुनुभएको जानकारी गराएका हुन्।

Published Date: 09 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास