विमानस्थल बनाउन भन्दा चलाउन कठिनः मन्त्री किराँती

विमानस्थल बनाउन भन्दा चलाउन कठिनः मन्त्री किराँती : Icon Khabar

काठमाडौं, माघ २६ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले विमानस्थल बनाउन भन्दा चलाउन कठिन रहेको बताएका छन्।

शुक्रबार उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तिरिक विमानस्थलको निरीक्षण अवोलकन गर्दै मन्त्री किराँतीले नेपाल जस्तो मुलुकमा विमानस्थल बनाउन समेत सजिलो नभएको र निर्माण भइसकेपछि पनि सञ्चालन गर्न कठिन रहेको बताएका हुन्।

नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि संचालन गर्न नसकिएको भन्दै उनले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयहरु लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने बताए । उनले उक्त विमानस्थलमा क्रस बोर्डर फ्लाईट र माउन्टेन फ्लाईटबाट भने केही संभावना हुने धारणा राखे।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान सम्पन्न भएको छ । १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलको लागि सरकारले प्रयाप्त बजेट नछुट्याउदा रुख कटान बाहेकका काम अघि बढ्न सकेको छैन । तीन अर्व बढि निर्माण लागत लाग्ने विमानस्थलमा यस बर्ष ५ करोड विनियोजन भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 February 2024
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने