एक दिवसीय क्रिकेटमा क्यानडामाथि नेपालको जित

एक दिवसीय क्रिकेटमा क्यानडामाथि नेपालको जित : Icon Khabar

काठमाडौं, माघ २५ । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा २१७ रनमा अल आउट भयो ।

नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा सबै १० विकेट गुमाएर २२४ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।

Published Date: 08 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास