बिहीबार नेप्से परिसूचक ५.६८ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ५.६८ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २५ । बिहीबार नेप्से परिसूचक ५.६८ अंक बढेर २०९६.३२ विन्दुमा पुगेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१७ स्टकको ६७ हजार २७३ पटकको कारोबारमा ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९१ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १८ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज चन्द्रगिरी हिल्सको करिब ९ करोडको शेयर कारोबार भएको छ भने अपि पावरको कारोबार रकम साढे ७ करोड नाघेको छ।

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक १.१२ प्रतिशत बढेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ।

Published Date: 08 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास