विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक छन्: अर्थमन्त्री डा. महत

विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक छन्: अर्थमन्त्री डा. महत : Icon Khabar

काठमाडौँ, माघ २५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

अर्थमन्त्री महतले विगतमा विदेशी लगानी कर्ताहरु नेपाल आफैँ सम्पर्कमा जाँदा समेत उदासिन हुने गरेको भएपनि अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको बताए । विदेशी लगानीकर्ताहरु इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने उनले बताए ।

अर्थमन्त्री महतले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन आग्रह गरे । उनले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताए ।

अर्थमन्त्री महतले सो सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने बताए । उनले सो सम्मेलनमा ९२ देशका प्रतिनिधि, वल्र्ड बैंकका प्रमुखको उपस्थिति हुने बताए । अर्थमन्त्री महतले लगानी सम्मेलनलाई सफल बनाउनसके सो सम्मेलनमा फाइदा हुने बताए । उनले शुरुवातामा कर र कण्डिसनलाई केही सहज बनाएर लगानी गर्न दिनुपर्ने बताए । अर्थमन्त्री महतले लगानी सम्मेलनले नेपाली लगानी कर्तालाई पनि उत्साहित बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले लगानी सम्मेलनलाई सहज बनाउन लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर अघि बढाइ संसदबाट पास गर्नुपर्ने बताए । उनले लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकका रुपमा अघि बढाउनसके लगानी सम्मेलनमा सहजता आउने बताए ।

बैठकमा निर्देशक समिति बैठकको निर्णय कार्यान्वयन प्रगति सम्बन्धमा भएका कामकारबाहीको बारेमा जानकारी गराइएको थियो ।

Published Date: 08 February 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय