कोशी सरकार र पहिचान पक्षधरबीच आज वार्ता

कोशी सरकार र पहिचान पक्षधरबीच आज वार्ता : Icon Khabar

मोरङ, माघ २५ । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज (बिहीबार) वार्ता हुँदैछ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो ।

पहिचानसहित कोशी प्रदेशको पुनः नामाकरण गरिनुपर्नेलगायतका माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबार ११ सदस्यीय वार्ता समिति गठन गरेको थियो । यसअघि कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताका लागि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । प्रदेश सरकार र आन्दोलनरत पक्षबीच दिउँसो ३ बजे विराटनगरको एक होटलमा वार्ता हुनेछ ।

गत फागुन १७ को प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्ष पुनः नामकरणको माग गर्दै आन्दोलनमा छ । त्यस क्रममा पहिचान पक्षका पदम लिम्बूको मृत्यु भएपछि आन्दोलन झन् सशक्त बनेको थियो । उनीहरूले संघीय र प्रदेशका मन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउसमेत ठप्प गर्दै आएका छन् ।

यसअघि गत असार ४ मा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारसँग आन्दोलनरत पक्षले गरेको वार्ता निष्कर्षविहीन बनेको थियो । त्यसपछि असार १३ मा सरकारले पुनः वार्तामा बोलाए पनि पहिचान पक्षधर वार्ता अस्वीकार गर्दै आन्दोलनमा उत्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2024
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने