कोशी सरकार र पहिचान पक्षधरबीच आज वार्ता

कोशी सरकार र पहिचान पक्षधरबीच आज वार्ता : Icon Khabar

मोरङ, माघ २५ । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज (बिहीबार) वार्ता हुँदैछ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो ।

पहिचानसहित कोशी प्रदेशको पुनः नामाकरण गरिनुपर्नेलगायतका माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबार ११ सदस्यीय वार्ता समिति गठन गरेको थियो । यसअघि कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताका लागि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । प्रदेश सरकार र आन्दोलनरत पक्षबीच दिउँसो ३ बजे विराटनगरको एक होटलमा वार्ता हुनेछ ।

गत फागुन १७ को प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्ष पुनः नामकरणको माग गर्दै आन्दोलनमा छ । त्यस क्रममा पहिचान पक्षका पदम लिम्बूको मृत्यु भएपछि आन्दोलन झन् सशक्त बनेको थियो । उनीहरूले संघीय र प्रदेशका मन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउसमेत ठप्प गर्दै आएका छन् ।

यसअघि गत असार ४ मा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारसँग आन्दोलनरत पक्षले गरेको वार्ता निष्कर्षविहीन बनेको थियो । त्यसपछि असार १३ मा सरकारले पुनः वार्तामा बोलाए पनि पहिचान पक्षधर वार्ता अस्वीकार गर्दै आन्दोलनमा उत्रिएको थियो ।

Published Date: 08 February 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु