कति छ आज फलफूल तथा तरकारीको भाउ ?

कति छ आज फलफूल तथा तरकारीको भाउ ? : Icon Khabar

काठमाडौं, माघ २५ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २२०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुई ऐसेलु ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ७०, भारतीय सानो गोलभेँडा ४०, अदुवा २२०, रातो आलु र रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुँदा स्थानीय काउली २०, लौका ५०, कागती २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रूपैयाँमा खरिद बिक्र हुँदैछ भने तोरीको साग र रायोको साग ४० रुपैयाँमा खरि दबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ७० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ९० र पुदीना ३५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन ३४०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी ९० र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ। उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३१० रुपैयाँमा किनबेच भइरहेको छ।

Published Date: 08 February 2024






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता