काठमाडौं, माघ २५ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २२०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुई ऐसेलु ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ७०, भारतीय सानो गोलभेँडा ४०, अदुवा २२०, रातो आलु र रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुँदा स्थानीय काउली २०, लौका ५०, कागती २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रूपैयाँमा खरिद बिक्र हुँदैछ भने तोरीको साग र रायोको साग ४० रुपैयाँमा खरि दबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ७० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ९० र पुदीना ३५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन ३४०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी ९० र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ। उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३१० रुपैयाँमा किनबेच भइरहेको छ।
Published Date: 08 February 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news