आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ २५ । आज २०८० माघ २५ गते बिहीबार, तद्अनुसार ८ फेब्रुअरी २०२४ । आज माघ कृष्णपक्ष त्रयोदशी, सिद्धि वणिज उत्तरषाढा, ११४४ पोहेलागा त्रयोदशी, सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ १७ः४९ बजे ।

आजको राशिफल

मेष: अप्रत्याशित खर्च बढ्ने छ । कसैसंग भनाभन हुनसक्छ । कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला ।

वृष: शारीरिक कष्ट सम्भव छ । व्यावसायिक यात्रा लाभदायक रहने छ । भाग्यको साथ पाइने छ ।

मिथुन: सुखका साधन प्राप्त हुनेछ । नयाँ योजना बन्ने छ । तत्काल लाभ हुने छैन ।

कर्कट: धार्मिक अनुष्ठान, पूजा–पाठ इत्यादि कार्यक्रम आयोजना हुनसक्छ । मानसिक शान्ति प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ ।

सिंह: कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिन होला । लेन–देनमा सावधानी अपनाउनु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ ।

कन्या: कम्मर तथा घुँडा आदिको दुखाइबाट समस्या हुनसक्छ । लेन–देनमा सावधानी अपनाउनु होला । धन प्राप्ति सुगम हुनेछ ।

तुला: शत्रु परास्त हुनेछन् । सुखका साधनहरुको प्राप्तिमा खर्च हुनेछ । धन लाभको अवसर हात पर्नेछ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । भाग्यको साथ पाइने छ ।

धनु: बोलीमा नियन्त्रण राख्नु होला । शारीरिक कष्टको सम्भावना छ । यात्रामा हतार नगर्नु होला ।

मकर: प्रयास सफल रहने छ । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान पाइने छ ।

कुम्भ: यश बढ्ने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लगानी निवेश शुभ रहने छ । कुनै ठूलो समस्याबाट मुक्ति मिल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2024
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने