आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ २५ । आज २०८० माघ २५ गते बिहीबार, तद्अनुसार ८ फेब्रुअरी २०२४ । आज माघ कृष्णपक्ष त्रयोदशी, सिद्धि वणिज उत्तरषाढा, ११४४ पोहेलागा त्रयोदशी, सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ १७ः४९ बजे ।

आजको राशिफल

मेष: अप्रत्याशित खर्च बढ्ने छ । कसैसंग भनाभन हुनसक्छ । कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला ।

वृष: शारीरिक कष्ट सम्भव छ । व्यावसायिक यात्रा लाभदायक रहने छ । भाग्यको साथ पाइने छ ।

मिथुन: सुखका साधन प्राप्त हुनेछ । नयाँ योजना बन्ने छ । तत्काल लाभ हुने छैन ।

कर्कट: धार्मिक अनुष्ठान, पूजा–पाठ इत्यादि कार्यक्रम आयोजना हुनसक्छ । मानसिक शान्ति प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ ।

सिंह: कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिन होला । लेन–देनमा सावधानी अपनाउनु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ ।

कन्या: कम्मर तथा घुँडा आदिको दुखाइबाट समस्या हुनसक्छ । लेन–देनमा सावधानी अपनाउनु होला । धन प्राप्ति सुगम हुनेछ ।

तुला: शत्रु परास्त हुनेछन् । सुखका साधनहरुको प्राप्तिमा खर्च हुनेछ । धन लाभको अवसर हात पर्नेछ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । भाग्यको साथ पाइने छ ।

धनु: बोलीमा नियन्त्रण राख्नु होला । शारीरिक कष्टको सम्भावना छ । यात्रामा हतार नगर्नु होला ।

मकर: प्रयास सफल रहने छ । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान पाइने छ ।

कुम्भ: यश बढ्ने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लगानी निवेश शुभ रहने छ । कुनै ठूलो समस्याबाट मुक्ति मिल्न सक्छ ।

Published Date: 08 February 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु