अन्ततः ‘द केरला स्टोरी’ ओटीटीमा रिलिज हुँदै, १६ फ्रेबुअरीमा हेर्न सकिने

अन्ततः ‘द केरला स्टोरी’ ओटीटीमा रिलिज हुँदै, १६ फ्रेबुअरीमा हेर्न सकिने : Icon Khabar

मुम्बइ, माघ २४ । अदा शर्माको फिल्म ‘द केरला स्टोरी’ रिलिज हुने बित्तिकै विवादमा परेको थियो । विवादमा परे पनि अदा शर्माको द केरला स्टोरी बक्स अफिसमा हिट साबित भयो । बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेपछि फ्यानहरू फिल्मको ओटीटी रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए । द केरला स्टोरी रिलिज भएको ९ महिनाभन्दा बढी भइसक्यो तर फिल्म ओटीटीमा रिलिज भएको छैन ।

अब अन्ततः ९ महिनाको प्रतिक्षापछि द केरला स्टोरी ओटीटीमा रिलिज हुन लागेको छ । अदाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर यो जानकारी दिएकी हुन् । अदा शर्माले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई चकित पारिन् । अदाले फिल्मको ओटीटी रिलिजको प्रोमो शेयर गरेकी छिन् । पोस्ट शेयर गर्दै उनले लेखेका छन्, ‘अन्तमा… सरप्राइज बहुप्रतिक्षित फिल्म ओटीटीमा चाँडै आउँदैछ । केरला स्टोरी १६ फेब्रुअरीमा जि ५ मा प्रिमियर हुनेछ ।’

अदाको पोस्ट हेरेपछि फ्यानहरु निकै उत्साहित भएका छन् । अहिले उनी फिल्म रिलिजको पर्खाइमा छन् । अदाको पोष्टमा एक फ्यानले लेखेका छन्, ‘तपाईले यो फिल्म अदा कसरी पाउनु भयो ? मेरो मतलब यो तपाईसम्म कसरी पुग्यो । जबकि एक जनाले लेखेका थिए– द केरला स्टोरी पाँच पटक हेरेको छु । एक जनाले लेखेका थिए– उत्सुकतापूर्वक पर्खिरहेको थिएँ ।’ द केरला स्टोरीको कुरा गर्दा यो फिल्ममा अदासँगै योगिता बिहानी, सोनिया बलानी, सिद्धि इडाही र देवदर्शनी मुख्य भूमिकामा देखिएका थिए । यो फिल्मलाई सुदिप्तो सेन र विपुल अमृतलाल शाहले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 February 2024
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने