फेसबुक स्थापनाको २ दशक

फेसबुक स्थापनाको २ दशक : Icon Khabar

काठमाडौँ, माघ २१ । सन् २००४ मा आजकै दिन (फेब्रुअरी ४) मा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो ।अमेरिकाको हार्वार्डका विद्यार्थी मार्क जुकरबर्गले आफ्ना सहपाठीहरू एडुवार्डो साभेरिन, एन्ड्रिउ म्याककोलुम, डस्टिन मोस्कोभिट्ज र क्रिस हग्ससँग मिलेर ‘फेसबुक डट कम’ स्थापना गरेका हुन् । जुकरबर्ग यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् ।

सुरुमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरूमा सीमित फेसबुक बिस्तारै अन्य विश्वविद्यालय हुँदै सर्वसाधारणका लागि खुला भएको हो । २००६ सम्ममा फेसबुक १३ वर्षभन्दा माथिको उमेरका सबैले अकाउन्ट खोल्न पाउने बनाइएको थियो । फेसबुकले २०१० को नोभेम्बर १५ मा म्यासेज गर्न मिल्ने सुविधा ल्याएको हो । त्यस्तै, २०१५ को अप्रिल २८ देखि भिडियो कल र अगस्ट ५ देखि लाइभ गर्न सकिने सुविधा थपिएको हो ।

फेसबुकको केन्द्रीय कार्यालय हाल अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कमा छ । पछिल्लो तथ्यांकअनुसार हाल कम्तीमा ३ अर्ब जनाले फेसबुकमा आफ्नो अकाउन्ट खोलेका छन् । तीमध्ये आधाभन्दा बढीले फेसबुक नियमत चलाउँछन् । २०२३ को अक्टोबरको तथ्यांकअनुसार फेसबुक विश्वमा सबैभन्दा बढी हेरिने वेबसाइटमध्ये तेस्रो स्थानमा छ ।

२०२१ को अक्टोबरमा फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्दै मेटा प्लाटफर्मस् इनकर्पोरेटेड राखेको थियो । कम्पनीअन्तर्गत फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि सञ्चालित छन् । सीईओ जुकरबर्गले सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा काम विस्तार गर्न कम्पनीको नाम परिवर्तन गरिएको जनाएका थिए ।

Published Date: 04 February 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता