फेसबुक स्थापनाको २ दशक

फेसबुक स्थापनाको २ दशक : Icon Khabar

काठमाडौँ, माघ २१ । सन् २००४ मा आजकै दिन (फेब्रुअरी ४) मा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो ।अमेरिकाको हार्वार्डका विद्यार्थी मार्क जुकरबर्गले आफ्ना सहपाठीहरू एडुवार्डो साभेरिन, एन्ड्रिउ म्याककोलुम, डस्टिन मोस्कोभिट्ज र क्रिस हग्ससँग मिलेर ‘फेसबुक डट कम’ स्थापना गरेका हुन् । जुकरबर्ग यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् ।

सुरुमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरूमा सीमित फेसबुक बिस्तारै अन्य विश्वविद्यालय हुँदै सर्वसाधारणका लागि खुला भएको हो । २००६ सम्ममा फेसबुक १३ वर्षभन्दा माथिको उमेरका सबैले अकाउन्ट खोल्न पाउने बनाइएको थियो । फेसबुकले २०१० को नोभेम्बर १५ मा म्यासेज गर्न मिल्ने सुविधा ल्याएको हो । त्यस्तै, २०१५ को अप्रिल २८ देखि भिडियो कल र अगस्ट ५ देखि लाइभ गर्न सकिने सुविधा थपिएको हो ।

फेसबुकको केन्द्रीय कार्यालय हाल अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कमा छ । पछिल्लो तथ्यांकअनुसार हाल कम्तीमा ३ अर्ब जनाले फेसबुकमा आफ्नो अकाउन्ट खोलेका छन् । तीमध्ये आधाभन्दा बढीले फेसबुक नियमत चलाउँछन् । २०२३ को अक्टोबरको तथ्यांकअनुसार फेसबुक विश्वमा सबैभन्दा बढी हेरिने वेबसाइटमध्ये तेस्रो स्थानमा छ ।

२०२१ को अक्टोबरमा फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्दै मेटा प्लाटफर्मस् इनकर्पोरेटेड राखेको थियो । कम्पनीअन्तर्गत फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि सञ्चालित छन् । सीईओ जुकरबर्गले सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा काम विस्तार गर्न कम्पनीको नाम परिवर्तन गरिएको जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने