नेपाललाई भारतको विशाल लक्ष्य

नेपाललाई भारतको विशाल लक्ष्य : Icon Khabar

काठमाडौं, माघ १९ ।आईसिसी यू-१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको अन्तिम खेलमा नेपाललाई भारतले २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनायो ।

भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले । उनी गुल्शन झाको ४८ औं ओभरको चौथो बलमा मिडविकेटमा क्याच आउट हुन पुगेका थिए ।

एक समय १४ ओभरमा ६२–३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफल तयार पारेका थिए ।

कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भए । उदय खेल इनिङ सकिन भन्दा दुई बल अघि सुभाष भण्डारीबाट क्याच आउट भएका थिए । भारतले ओपनर आदर्श सिंहलाई १८ बलमा ४ चौकासहित २१ रनमा गुमाएको थियो ।

त्यसपछि आर्शिन कुलकर्णी १८ र प्रियान्शु मोलिया १९ रनमा आउट भएका थिए । नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए ।

सुभाष भण्डारीले १० ओभरमा ५५ रन खर्चिए । त्यस्तै दीपेश कँडेलले १० ओभरमा ४६ रन खर्चेका थिए । देव खनालले २ ओभरमा १४ रन खर्चे ।

Published Date: 02 February 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर