भारतविरुद्ध आकाश चन्दले दिलाए नेपाललाई तेस्रो विकेट

भारतविरुद्ध आकाश चन्दले दिलाए नेपाललाई तेस्रो विकेट : Icon Khabar

काठमाडौं, माघ १९ ।  दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरीरहेको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालले तेस्रो सफलता हात पारेको छ । १३औं ओभरको अन्तिम बलमा नेपालका तीव्र गतिका बलर आकाश चन्दले भारतका ओपनर अर्सिन कुलकर्नीलाई १८ रनमा ब्याच आउट गराएका हुन् । यसअघि १३औं पाँचौ बलमा प्रियान्शु मोलियालाई १९ रनमा रनआउट गराएका थिए । आकाश चन्दको बलमा दीपक डुम्रेबाट उनी आउट भएका हुन् ।

यसअघि नेपालका अर्का तीव्र गतिका बलर गुलशन झाले पहिलो विकेट लिएका थिए । गुल्शनले पाँचौं ओभरको पहिलो बलमा भारतका अर्का ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए । बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराएका थिए ।

नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2024
Website | + posts
ताजा
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने
नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु
बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू