भारतविरुद्ध आकाश चन्दले दिलाए नेपाललाई तेस्रो विकेट

भारतविरुद्ध आकाश चन्दले दिलाए नेपाललाई तेस्रो विकेट : Icon Khabar

काठमाडौं, माघ १९ ।  दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरीरहेको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालले तेस्रो सफलता हात पारेको छ । १३औं ओभरको अन्तिम बलमा नेपालका तीव्र गतिका बलर आकाश चन्दले भारतका ओपनर अर्सिन कुलकर्नीलाई १८ रनमा ब्याच आउट गराएका हुन् । यसअघि १३औं पाँचौ बलमा प्रियान्शु मोलियालाई १९ रनमा रनआउट गराएका थिए । आकाश चन्दको बलमा दीपक डुम्रेबाट उनी आउट भएका हुन् ।

यसअघि नेपालका अर्का तीव्र गतिका बलर गुलशन झाले पहिलो विकेट लिएका थिए । गुल्शनले पाँचौं ओभरको पहिलो बलमा भारतका अर्का ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए । बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराएका थिए ।

नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।

Published Date: 02 February 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर