आहारारा गोल्डकपमा आज चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीच खेल हुँदै

आहारारा गोल्डकपमा आज चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीच खेल हुँदै : Icon Khabar

पोखरा, माघ १६ । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा आज अन्तिम क्वार्टरफाइनल खेल चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीच हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

नेपाल पुलिसले जारी संस्करणको प्रिक्वार्टरफाइनलमा अर्को विभागीय टिम एपीएफलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो भने चर्च ब्वाइज बाइ पाउँदै सीधै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।

आहारारामा चर्च ब्वाइज र नेपाल पुलिसको यो दोस्रो भेट हो । पोहोरको संस्करणमा पनि क्वार्टरफाइनलमै नेपाल पुलिस र चर्च ब्वाइज भिडेका थिए ।

अघिल्लो संस्करणदेखि आहारारा पोखरा गोल्डकपमा डेब्यु गरेको चर्चब्वाइजले आफ्नो पहिलो सहभागितामै नेपाल पुलिसको सामना गरेको थियो । जसमा आफ्नो डेब्यु खेलमै चर्चब्वाइजले सर्वाधिक (६ पटक) विजेता नेपाल पुलिसलाई २-१ ले स्तब्ध पारेको थियो ।

विभागीय टिम नेपाल पुलिस क्लब आहारारा पोखराको अनुभवी टिम पनि हो । पुलिसले ६ पटक आहारारा पोखरा गोल्डकपको उपाधि जित्दा ५ पटक उपविजेता बनेको छ ।

नेपाल पुलिसले आहारारा गोल्डकपको पहिलो संस्करण ‘क्याराभान कप’ बाटै विजयी सुरुआत गरेको थियो । त्यसयता पुलिसले ६ पटक आहारारा गोल्डकपको उपाधि चुम्दै सर्वाधिक विजेताको दौडमा छ ।

विभागीय टोली नेपाल पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ उपाधि चुमेको थियो । आहारारामा लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने टिम पनि नेपाल पुलिस नै हो ।

आजको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ । यसअघि थ्रीस्टार, जावलाखेल युथ क्लब र त्रिभुवन आमी सेमिफाइनल पुगिसकेका छन् । आजको विजेता टोलीले माघ १८ गते फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2024
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट