युएईलाई स्तब्ध पार्दै ताजिकिस्तान एसियन कपको क्वार्टरफाइनलमा

युएईलाई स्तब्ध पार्दै ताजिकिस्तान एसियन कपको क्वार्टरफाइनलमा : Icon Khabar

काठमाडौँ, माघ १५ । बलियो मानिएको युएई विरुद्ध पेनाल्टी शूटआउटमा जित दर्ता गर्दै पहिलो पटक एसियन कप खेलिरहेको ताजिकिस्तान क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ताजिकिस्तानले टाईब्रेकरमा ५-३ को जित निकालेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल टाईब्रेकर तर्फ धकेलिएको थियो ।

ताजिकिस्तानले खेलमा डिफेन्डर भाहदात हानोनोभको गोलमार्फत ३०औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । तर अन्तिम समयमा सम्हालिन नसक्दा खेल अतिरिक्त समयमा जान पुग्यो ।

इन्ज्युरी समयको पाँचौं मिनेटमा अलि सलेहको पासमा खलिफा अल हम्मादीले गोल गर्दै खेलमा बराबरी गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयमा भने कुनै गोल नभएपछि खेल टाईब्रेकरमा गएको थियो ।

कायो कनेडोको पेनाल्टी ताजिकिस्तान गोलरक्षक रुस्तम यातिमोभले बचाएका थिए । अन्य सबै पेनाल्टी गोलमा परिणत भएका थिए । तर सो पेनाल्टी बचाउका साथ ताजिकिस्तान ५-३ ले विजयी भयो ।

ताजिकिस्तानले अब क्वार्टरफाइनलमा ईराक र जोर्डन बीचको विजेता विरुद्ध खेल्ने छ । ईराक र जोर्डन बीचको खेल आज ५:१५ बजे हुँदै छ । अर्को खेलमा आज नै ९:४५ बजे घरेलु टोली कतार र प्यालेस्टाइन भिड्ने छन् ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2024
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध