युएईलाई स्तब्ध पार्दै ताजिकिस्तान एसियन कपको क्वार्टरफाइनलमा

युएईलाई स्तब्ध पार्दै ताजिकिस्तान एसियन कपको क्वार्टरफाइनलमा : Icon Khabar

काठमाडौँ, माघ १५ । बलियो मानिएको युएई विरुद्ध पेनाल्टी शूटआउटमा जित दर्ता गर्दै पहिलो पटक एसियन कप खेलिरहेको ताजिकिस्तान क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ताजिकिस्तानले टाईब्रेकरमा ५-३ को जित निकालेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल टाईब्रेकर तर्फ धकेलिएको थियो ।

ताजिकिस्तानले खेलमा डिफेन्डर भाहदात हानोनोभको गोलमार्फत ३०औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । तर अन्तिम समयमा सम्हालिन नसक्दा खेल अतिरिक्त समयमा जान पुग्यो ।

इन्ज्युरी समयको पाँचौं मिनेटमा अलि सलेहको पासमा खलिफा अल हम्मादीले गोल गर्दै खेलमा बराबरी गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयमा भने कुनै गोल नभएपछि खेल टाईब्रेकरमा गएको थियो ।

कायो कनेडोको पेनाल्टी ताजिकिस्तान गोलरक्षक रुस्तम यातिमोभले बचाएका थिए । अन्य सबै पेनाल्टी गोलमा परिणत भएका थिए । तर सो पेनाल्टी बचाउका साथ ताजिकिस्तान ५-३ ले विजयी भयो ।

ताजिकिस्तानले अब क्वार्टरफाइनलमा ईराक र जोर्डन बीचको विजेता विरुद्ध खेल्ने छ । ईराक र जोर्डन बीचको खेल आज ५:१५ बजे हुँदै छ । अर्को खेलमा आज नै ९:४५ बजे घरेलु टोली कतार र प्यालेस्टाइन भिड्ने छन् ।एजेन्सी

Published Date: 29 January 2024
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय