आहा रारा गोल्डकप : आजदेखि क्वार्टर फाइनलका खेल

आहा रारा गोल्डकप : आजदेखि क्वार्टर फाइनलका खेल : Icon Khabar

गण्डकी । पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज (शनिबार) देखि क्वार्टर फाइनलमा खेल सुरु हुँदैछ । प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भूटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

पोखरा रङ्गशालामा भइरहेको प्रतियोगितामा भूटानको पारो एफसीसहित साविक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखेल युथक्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबले सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने उनले बताए । प्रि–क्वार्टर फाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०/२० हजार, क्वार्टर फाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०/३० हजार र सेमिफाइनल विजेता तथा पराजित दुवै टोलीलाई रु ५०/५० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला