लुम्बिनी विरुद्ध बागमतीको सहज जित 

लुम्बिनी विरुद्ध बागमतीको सहज जित  : Icon Khabar

काठमाडौं, माघ १३ । प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशले सहज जित हासिल गरेको छ । शनिवार भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेश माथि ६ विकेटको जित हासिल गरेको हो ।

जित सँगै बागमतीले ९ खेलमा ६ जित सहित १२ अंक बनाउँदै लिग चरण टुंगाएको छ । बागमतीले अब आफ्नो शीर्ष दुई र शीर्ष चारमा आफु परे नपरेको थाहा पाउन अन्तिमसम्म कुर्नु पर्ने छ । लिग तालिकामा शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्ने छन् भने शीर्ष चारले तीन-दिवशिय खेल हुने एलिट ट्रफीमा प्रतिस्पर्धा गर्ने छन् । गण्डकीको भने ६ खेलमा २ अंकसहित नवौ स्थानमा छ ।

लुम्बिनी प्रदेशले दिएको १०७ रनको झिनो लक्ष्य बागमतीले ४ विकेट गुमाएर १७.२ ओभरमा पुरा गर्यो । बागमतीका लागि ओपनर इशान पाण्डेले ५४ बलमा ५ चौका र २ छक्का सहित ५० रनको अर्धशतकिय इनिङ खेले । यस्तै कप्तान रित गौतमले ३३ बलमा २४ रन बनाए । ओपनर आशुतोष घिराइयाले १४ रन बनाए ।

लुम्बिनीका लागि निर्मल गुरुङले २ विकेट लिए भने कृष्ण कार्की र अभिषेक गौतमले समान १-१ विकेट लिए । त्यसअघि किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ३२.२ ओभरमा १०६ रनमा समेटियो । स्पिनर सुर्य तामाङले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बागमती प्रदेश विरुद्ध लुम्बिनी प्रदेशले लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको हो ।

बागमतीका लागि सुर्य तामाङले १० ओभरमा २ मेडन सहित २६ रन खर्चिंदै सर्वाधिक ६ विकेट लिए । योसँगै सुर्यको यस संस्करणमा ९ खेलमा ३० विकेट पुगेको छ । यस्तै बिपिन आचार्यले २ विकेट लिँदा प्रतिष जिसी र क्रिजन गुरुङले समान १-१ विकेट लिए ।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाए । उनले ५५ बल खेल्दै ३ चौका सहित २८ रन बनाएका थिए । यस्तै तल्लोक्रमका ब्याटर निर्मल गुरुङ ३२ बलमा ३ चौका र १ छक्कासहित २७ रन्को अविजित इनिङ खेले । प्रज्वल थापाले १४ रन बनाउँदा बिराट भण्डारी १३ रनमा आउट भए । लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंक समेत छुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2024
Website | + posts
ताजा
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू