लुम्बिनी विरुद्ध बागमतीको सहज जित 

लुम्बिनी विरुद्ध बागमतीको सहज जित  : Icon Khabar

काठमाडौं, माघ १३ । प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशले सहज जित हासिल गरेको छ । शनिवार भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेश माथि ६ विकेटको जित हासिल गरेको हो ।

जित सँगै बागमतीले ९ खेलमा ६ जित सहित १२ अंक बनाउँदै लिग चरण टुंगाएको छ । बागमतीले अब आफ्नो शीर्ष दुई र शीर्ष चारमा आफु परे नपरेको थाहा पाउन अन्तिमसम्म कुर्नु पर्ने छ । लिग तालिकामा शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्ने छन् भने शीर्ष चारले तीन-दिवशिय खेल हुने एलिट ट्रफीमा प्रतिस्पर्धा गर्ने छन् । गण्डकीको भने ६ खेलमा २ अंकसहित नवौ स्थानमा छ ।

लुम्बिनी प्रदेशले दिएको १०७ रनको झिनो लक्ष्य बागमतीले ४ विकेट गुमाएर १७.२ ओभरमा पुरा गर्यो । बागमतीका लागि ओपनर इशान पाण्डेले ५४ बलमा ५ चौका र २ छक्का सहित ५० रनको अर्धशतकिय इनिङ खेले । यस्तै कप्तान रित गौतमले ३३ बलमा २४ रन बनाए । ओपनर आशुतोष घिराइयाले १४ रन बनाए ।

लुम्बिनीका लागि निर्मल गुरुङले २ विकेट लिए भने कृष्ण कार्की र अभिषेक गौतमले समान १-१ विकेट लिए । त्यसअघि किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ३२.२ ओभरमा १०६ रनमा समेटियो । स्पिनर सुर्य तामाङले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बागमती प्रदेश विरुद्ध लुम्बिनी प्रदेशले लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको हो ।

बागमतीका लागि सुर्य तामाङले १० ओभरमा २ मेडन सहित २६ रन खर्चिंदै सर्वाधिक ६ विकेट लिए । योसँगै सुर्यको यस संस्करणमा ९ खेलमा ३० विकेट पुगेको छ । यस्तै बिपिन आचार्यले २ विकेट लिँदा प्रतिष जिसी र क्रिजन गुरुङले समान १-१ विकेट लिए ।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाए । उनले ५५ बल खेल्दै ३ चौका सहित २८ रन बनाएका थिए । यस्तै तल्लोक्रमका ब्याटर निर्मल गुरुङ ३२ बलमा ३ चौका र १ छक्कासहित २७ रन्को अविजित इनिङ खेले । प्रज्वल थापाले १४ रन बनाउँदा बिराट भण्डारी १३ रनमा आउट भए । लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंक समेत छुन सकेनन् ।

Published Date: 27 January 2024








ताजा
कक्षा १२ को परीक्षा नतिजा डेढ महिनाभित्र सार्वजनिक गर्ने तयारी
पनौती कलाँती भूमिडाँडा सम्बन्धी वृत्तचित्र प्रदर्शन सम्पन्न
नेपाल बैंकको आधारभूत अवस्था मजबुत, तर लाभांश क्षमता कमजोर
काठमाडौंको टोखा नगरपालिकामा बच्चा जन्मनासाथ बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा