भक्तपुरमा टिप्परले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा टिप्परले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु : Icon Khabar

भक्तपुर, माघ १२ । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । मध्यपुर ठिमी नगरपालिका–४ एसएस चोकनजिक टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार राति करिब साढे ९ बजेतिरबा ३ क १७४५ नम्बरको टिप्परले प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका नेपालको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति ९ः५३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

Published Date: 26 January 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता