भक्तपुरमा टिप्परले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा टिप्परले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु : Icon Khabar

भक्तपुर, माघ १२ । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । मध्यपुर ठिमी नगरपालिका–४ एसएस चोकनजिक टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार राति करिब साढे ९ बजेतिरबा ३ क १७४५ नम्बरको टिप्परले प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका नेपालको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति ९ः५३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
1
+1
0
Published Date: 26 January 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला