सहकारी संस्थाहरुलाई सदस्य पहिचान फारम भराउन सहकारी विभागको निर्देशन

सहकारी संस्थाहरुलाई सदस्य पहिचान फारम भराउन सहकारी विभागको निर्देशन : Icon Khabar

काठमाडौं, माघ ११ । देशभर रहेका सहकारी संस्थाहरुलाई सदस्य पहिचान फारम (KYM) भराउन सहकारी विभागले निर्देशन जारी गरेको छ । सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको सदस्य पहिचान फारम भरी अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न निर्देशन जारी गरेको हो ।

सहकारी संघ/संस्थाहरुको अनुगमन निरीक्षणमा सबै सदस्यहरुको KYM फाराम भरे/नभरेको समेत अनुगमन गरिने विभागले जनाएको छ ।

सम्पत्ति सुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ क, सम्पत्ति सुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०७३ को नियम ४ र ५ तथा सहकारी विभागवाट सम्पति शुद्धीकरण निवारण सम्वन्धी सहकारी संघ/संस्थाहरुलाई जारी गरिएको (तेस्रो संशोधन सहित) निर्देशन, २०७४ को दफा ३ अनुसार सहकारी संघ/संस्थामा सदस्य हुन इच्छुक व्यक्तिको पहिचान तथा सम्पुष्टि गरेर मात्र सदस्य बनाउनु पर्ने व्यवस्था छ ।

सदस्यहरुको पहिचान गर्दा सदस्यहरुको विस्तृत विवरण (KYM) फाराम भर्नु पर्ने र सो को नमूना सम्पति शुद्धीकरण निवारण सम्वन्ध सहकारी संघ/संस्थाहरुलाई जारी गरिएको (तेस्रो संशोधन सहित) निर्देशन, २०७४ मा छ ।

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले मंगलबार निर्देशन जारी गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2024
Website | + posts




ताजा
दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित