सहकारी संस्थाहरुलाई सदस्य पहिचान फारम भराउन सहकारी विभागको निर्देशन

सहकारी संस्थाहरुलाई सदस्य पहिचान फारम भराउन सहकारी विभागको निर्देशन : Icon Khabar

काठमाडौं, माघ ११ । देशभर रहेका सहकारी संस्थाहरुलाई सदस्य पहिचान फारम (KYM) भराउन सहकारी विभागले निर्देशन जारी गरेको छ । सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको सदस्य पहिचान फारम भरी अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न निर्देशन जारी गरेको हो ।

सहकारी संघ/संस्थाहरुको अनुगमन निरीक्षणमा सबै सदस्यहरुको KYM फाराम भरे/नभरेको समेत अनुगमन गरिने विभागले जनाएको छ ।

सम्पत्ति सुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ क, सम्पत्ति सुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०७३ को नियम ४ र ५ तथा सहकारी विभागवाट सम्पति शुद्धीकरण निवारण सम्वन्धी सहकारी संघ/संस्थाहरुलाई जारी गरिएको (तेस्रो संशोधन सहित) निर्देशन, २०७४ को दफा ३ अनुसार सहकारी संघ/संस्थामा सदस्य हुन इच्छुक व्यक्तिको पहिचान तथा सम्पुष्टि गरेर मात्र सदस्य बनाउनु पर्ने व्यवस्था छ ।

सदस्यहरुको पहिचान गर्दा सदस्यहरुको विस्तृत विवरण (KYM) फाराम भर्नु पर्ने र सो को नमूना सम्पति शुद्धीकरण निवारण सम्वन्ध सहकारी संघ/संस्थाहरुलाई जारी गरिएको (तेस्रो संशोधन सहित) निर्देशन, २०७४ मा छ ।

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले मंगलबार निर्देशन जारी गरेका हुन् ।

 

Published Date: 25 January 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा