चिनियाँ उपमन्त्री भोलि नेपाल आउँदै

चिनियाँ उपमन्त्री भोलि नेपाल आउँदै : Icon Khabar

काठमाडौं, माघ ११ । बंगलादेश भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल भोलि (शुक्रबार) नेपाल भ्रमणमा आउने भएको छ ।

माल्दिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले बिहीबार बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । बंगलादेश भ्रमण सकेर उनी नेतृत्वको टोली भोलि (शुक्रबार) बिहान साढे ११ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम छ । टोली चार दिनसम्म नेपाल भ्रमणमा रहने भएको छ ।

Published Date: 25 January 2024


ताजा
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर