चिनियाँ उपमन्त्री भोलि नेपाल आउँदै

चिनियाँ उपमन्त्री भोलि नेपाल आउँदै : Icon Khabar

काठमाडौं, माघ ११ । बंगलादेश भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल भोलि (शुक्रबार) नेपाल भ्रमणमा आउने भएको छ ।

माल्दिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले बिहीबार बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । बंगलादेश भ्रमण सकेर उनी नेतृत्वको टोली भोलि (शुक्रबार) बिहान साढे ११ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम छ । टोली चार दिनसम्म नेपाल भ्रमणमा रहने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2024
Website | + posts
ताजा
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
योमारी पुन्हीको अवसरमा भक्तपुरमा ‘योमारी पुन्ही म्युजिक फेस्टिभल–२०८२’ सम्पन्न
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने


ट्रेन्डिङ
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो