यू१९ विश्वकप : नेपालले पाकिस्तानको सामना गर्दै

यू१९ विश्वकप : नेपालले पाकिस्तानको सामना गर्दै : Icon Khabar

काठमाडौँ, माघ १० । आइसीसी यू१९ विश्वकप अन्तर्गत नेपालले समूह डी को दोस्रो खेलमा पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उक्त खेलमा स्नेहिथ रेड्डीको आक्रामक शतकमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २ सय ३८ रन जोडेको थियो । नेपालका लागि अर्जुन कुमालले ९० रनको इनिङ खेलेका थिए ।

यता पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको थियो । सुरुवाती ब्याटिङ गर्दै २ सय ८४ रन बनाएको पाकिस्तानले अफगानी टोलीलाई १ सय ३ रनमा अलआउट गरेको थियो । पाकिस्तानका ओपनर शाहजीव खानले शतक बनाउँदा तीव्र गतिका बलरले उत्कृष्ट बलिङ गरेका थिए ।

नेपालले गत महिना पाकिस्तानविरुद्ध एसीसी यू१९ एसिया कपमा पनि खेलेको थियो । उक्त खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो । दुवै टोलीमा त्यसयता खासै परिवर्तन भएको छैन ।

यू१९ विश्वकप इतिहासमा नेपाल र पाकिस्तान तीन पटक भिडेका छन् । सन् २००० मा खेल रद्द हुँदा २००२ संस्करणमा नेपालले पाकिस्तानलाई स्तब्ध पारेको थियो । सन् २०१६ मा भने पाकिस्तानले १ सय २२ रनको जित हासिल गरेको थियो ।

नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । समूहमा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।

नेपाली यु-१९ टोली :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

Published Date: 24 January 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर