यू१९ विश्वकप : नेपालले पाकिस्तानको सामना गर्दै

यू१९ विश्वकप : नेपालले पाकिस्तानको सामना गर्दै : Icon Khabar

काठमाडौँ, माघ १० । आइसीसी यू१९ विश्वकप अन्तर्गत नेपालले समूह डी को दोस्रो खेलमा पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उक्त खेलमा स्नेहिथ रेड्डीको आक्रामक शतकमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २ सय ३८ रन जोडेको थियो । नेपालका लागि अर्जुन कुमालले ९० रनको इनिङ खेलेका थिए ।

यता पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको थियो । सुरुवाती ब्याटिङ गर्दै २ सय ८४ रन बनाएको पाकिस्तानले अफगानी टोलीलाई १ सय ३ रनमा अलआउट गरेको थियो । पाकिस्तानका ओपनर शाहजीव खानले शतक बनाउँदा तीव्र गतिका बलरले उत्कृष्ट बलिङ गरेका थिए ।

नेपालले गत महिना पाकिस्तानविरुद्ध एसीसी यू१९ एसिया कपमा पनि खेलेको थियो । उक्त खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो । दुवै टोलीमा त्यसयता खासै परिवर्तन भएको छैन ।

यू१९ विश्वकप इतिहासमा नेपाल र पाकिस्तान तीन पटक भिडेका छन् । सन् २००० मा खेल रद्द हुँदा २००२ संस्करणमा नेपालले पाकिस्तानलाई स्तब्ध पारेको थियो । सन् २०१६ मा भने पाकिस्तानले १ सय २२ रनको जित हासिल गरेको थियो ।

नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । समूहमा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।

नेपाली यु-१९ टोली :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 January 2024
Website | + posts




ताजा
भक्तपुरको थुसाचा–हनुमानचा क्षेत्रमा पहिरो, विद्युत् आपूर्ति अवरुद्ध
साँगामा पहिरोले सडक ढाक्दा अरनिको राजमार्ग दुबै तर्फ अवरुद्ध, भक्तपुर–नाला सडक वैकल्पिक मार्ग
आज पनि राजधानीबाट लामो दुरीका बसहरू चल्न रोक, टिकट मूल्य फिर्ता गरियो
मौसम पूर्वानुमान : देशभर वर्षाको सम्भावना, बाढी, पहिरो र डुबानाको जोखिम कायमै


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने