आजदेखि काठमाडौंको न्यूरोड क्षेत्रको सडकमा सवारी पार्किङ निषेध

आजदेखि काठमाडौंको न्यूरोड क्षेत्रको सडकमा सवारी पार्किङ निषेध : Icon Khabar

काठमाडौं, माघ ९ । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने निर्णय गरेको छ । महानगरले त्यसको विकल्पमा पूरानो बसपार्कस्थित काठमाडौँ टावरमा निःशुल्क पार्किङको व्यवस्था गरेको जनाएको छ ।

सो टावरमा ३ सय वटा चार पाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । महानगरपालिकाले यसअघि न्यूरोडका सडकमा खुला पार्किङ गर्ने र त्यसकालागि निजी कम्पनीहरुलाई टेण्डर दिने गरेको थियो ।

महानगर प्रहरीका वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने- ‘आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाई गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’

उनका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो