आजदेखि काठमाडौंको न्यूरोड क्षेत्रको सडकमा सवारी पार्किङ निषेध

आजदेखि काठमाडौंको न्यूरोड क्षेत्रको सडकमा सवारी पार्किङ निषेध : Icon Khabar

काठमाडौं, माघ ९ । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने निर्णय गरेको छ । महानगरले त्यसको विकल्पमा पूरानो बसपार्कस्थित काठमाडौँ टावरमा निःशुल्क पार्किङको व्यवस्था गरेको जनाएको छ ।

सो टावरमा ३ सय वटा चार पाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । महानगरपालिकाले यसअघि न्यूरोडका सडकमा खुला पार्किङ गर्ने र त्यसकालागि निजी कम्पनीहरुलाई टेण्डर दिने गरेको थियो ।

महानगर प्रहरीका वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने- ‘आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाई गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’

उनका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको छ ।

Published Date: 23 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास