आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडाैँ, माघ ९ । आज २०८० माघ ९ गते , तद्अनुसार २३ जनवरी, २०२४ । आज पौष शुक्लपक्ष त्रयोदशी, आद्र्रा– नक्षत्र, ऐन्द्र– योग, कौलव– करण, चन्द्रराशि– मिथुन, सूर्योदय– बिहान ६ः५६, सूर्यास्त– साँझ १७ः३५ ।

आजको राशिफल

मेष: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । लगानी शुभ रहने छ । लाभको अवसर हात पर्नेछ ।

वृष: अध्यात्ममा रुचि रहने छ । कुनै धार्मिक समारोहमा भाग लिने मौका मिल्ने छ । सुख–शान्ति कायम रहने छ ।

मिथुन: रचनात्मक कार्य सफल रहने छन् । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् ।

कर्कट: मेहनत बढी गर्नु पर्नेछ । लाभको अवसर टर्नेछ । हल्की हाँसो–ठट्टा गर्नबाट बच्नु होला ।

सिंह: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार–व्यवसायले मनोनुकूल लाभ दिने छ । धन प्राप्ति सु्गम हुनेछ ।

कन्या: पुराना साथी अथवा आफन्तहरुसंग भेटघाट हुनेछ । सुखद समाचार प्राप्त हुनेछ । मान बढ्ने छ ।

तुला: व्यवसायबाट लाभ हुनेछ । लगानी गर्न हतार नगर्नु होला । बोलीमा हल्का शब्दहरु प्रयोग गर्नबाट बच्नु होला ।

वृश्चिक: फजूल खर्च हुनेछ । परिवारमा सुख–शान्ति कायम रहने छ । इच्‍छाशक्ति प्रबल राख्नु होला ।

धनु: डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा मनोनुकूल रहने छ । नयाँ काम हात पर्नेछ ।

मकर: योजना फलीभूत हुनेछ । कार्य पद्धतिमा सुधार हुनेछ । कार्यसिद्धि हुनाले प्रसन्नता रहने छ ।

कुम्भ: राजकीय सहयोगबाट कार्य पूर्ण हुनेछ । व्यापार–व्यवसायबाट लाभ पाइने छ । वैवाहिक प्रस्ताव आउन सक्छ ।

मीन: नवीन वस्त्राभूषणमा खर्च हुनेछ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । यात्राबाट लाभ पाइने छ ।

Published Date: 23 January 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय