रश्मिका मन्डन्ना डीप फेक भिडियो प्रकरणका मुख्य अभियुक्त पक्राउ

रश्मिका मन्डन्ना डीप फेक भिडियो प्रकरणका मुख्य अभियुक्त पक्राउ : Icon Khabar

काठमाडाैँ, माघ ८ । दिल्ली पुलिसले रश्मिका मन्डन्ना डीप फेक केसका मुख्य आरोपीलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार, इफ्सो इकाईका डीसीपी हेमन्त तिवारीले अभिनेत्री रश्मिका मन्डन्नाको डीप फेक प्रोफाइल सिर्जना गरेको मामिलामा मुख्य आरोपीलाई पक्राउ गरिएको बताए।

गत महिना, दिल्ली पुलिसले यस मामिलामा चार संदिग्धहरूलाई ट्रेस गरेको दाबी गरेको थियो तर मुख्य अभियुक्तको खोजी भइरहेको थियो।

गत वर्ष नोभेम्बर ६ मा रश्मिका मन्डन्नाले सोसल मिडिया प्लेटफर्ममा यसबारे लेखेर अनुसन्धान एजेन्सीहरूलाई यस विषयमा कारबाही गर्न आग्रह गरेकी थिइन् ।

रश्मिकाले सामाजिक सञ्जालमा लेखिन्, “इमान्दारीपूर्वक भन्नुपर्दा, मेरो लागि मात्र होइन तर हामी सबैका लागि त्यस्तो कुनै पनि कुरा धेरै डरलाग्दो छ।” रश्मिकाले यसप्रति ‘दुःख’ व्यक्त गर्दै आफु जस्तो दुःख अरु कसैले भोग्न नपरोस् भनेर जतिसक्दो चाँडो समाधान खोज्न आग्रह गरेकी छिन् ।


Published Date: 22 January 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु