रश्मिका मन्डन्ना डीप फेक भिडियो प्रकरणका मुख्य अभियुक्त पक्राउ

रश्मिका मन्डन्ना डीप फेक भिडियो प्रकरणका मुख्य अभियुक्त पक्राउ : Icon Khabar

काठमाडाैँ, माघ ८ । दिल्ली पुलिसले रश्मिका मन्डन्ना डीप फेक केसका मुख्य आरोपीलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार, इफ्सो इकाईका डीसीपी हेमन्त तिवारीले अभिनेत्री रश्मिका मन्डन्नाको डीप फेक प्रोफाइल सिर्जना गरेको मामिलामा मुख्य आरोपीलाई पक्राउ गरिएको बताए।

गत महिना, दिल्ली पुलिसले यस मामिलामा चार संदिग्धहरूलाई ट्रेस गरेको दाबी गरेको थियो तर मुख्य अभियुक्तको खोजी भइरहेको थियो।

गत वर्ष नोभेम्बर ६ मा रश्मिका मन्डन्नाले सोसल मिडिया प्लेटफर्ममा यसबारे लेखेर अनुसन्धान एजेन्सीहरूलाई यस विषयमा कारबाही गर्न आग्रह गरेकी थिइन् ।

रश्मिकाले सामाजिक सञ्जालमा लेखिन्, “इमान्दारीपूर्वक भन्नुपर्दा, मेरो लागि मात्र होइन तर हामी सबैका लागि त्यस्तो कुनै पनि कुरा धेरै डरलाग्दो छ।” रश्मिकाले यसप्रति ‘दुःख’ व्यक्त गर्दै आफु जस्तो दुःख अरु कसैले भोग्न नपरोस् भनेर जतिसक्दो चाँडो समाधान खोज्न आग्रह गरेकी छिन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2024
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो