सहकारी ठगीमा नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

सहकारी ठगीमा नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै रवि लामिछाने : Icon Khabar

काठमाडाैँ, माघ ८ । सहकारी ठगी घटनामा आफ्नो नाम जोडिएको विषयमा स्पष्ट पार्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले सोमबार साँझ पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन् । पत्रकार सम्मेलनबाट सबै कुरा स्पष्ट पार्ने लामिछानेको भनाइ छ ।

लामिछाने राजनीतिमा आउनुपूर्व ‘ग्यालेक्सी फोरके’ नाम टेलिभिजन सञ्चालनमा ल्याउन सहकारी संस्थाबाट गैरकानुनी रुपमा रकम स्थानान्तरण गरी लगानी गरेको विषय सार्वजनिक भएको छ । उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान अगाडि बढाइसकेको छ । लामिछाने समेत नेतृत्व तहमा रहेर सञ्चालनमा आएको ग्यालेक्सी फोरके टेलिभिजनका लागि पोखरा, चितवन र बुटवलका विभिन्न सहकारीका बचतकर्ताको रकम गैरकानुनी रुपमा स्थानान्तरण गरेको पाइएको विषय सञ्चारमाध्यममा आएको छ ।

आफूविरुद्ध सञ्चारमाध्यमहरुमा चरणबद्ध रुपमा समाचार प्रकाशित भएको विषयलाई संकेत गर्दै लामिछानेले सञ्जालमा लेखेका छन्, ‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है । मलाई केही कुरा लुकाउनु छैन । पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनै पर्दैन । बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।’

Published Date: 22 January 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु