सहकारी ठगीमा नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

सहकारी ठगीमा नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै रवि लामिछाने : Icon Khabar

काठमाडाैँ, माघ ८ । सहकारी ठगी घटनामा आफ्नो नाम जोडिएको विषयमा स्पष्ट पार्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले सोमबार साँझ पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन् । पत्रकार सम्मेलनबाट सबै कुरा स्पष्ट पार्ने लामिछानेको भनाइ छ ।

लामिछाने राजनीतिमा आउनुपूर्व ‘ग्यालेक्सी फोरके’ नाम टेलिभिजन सञ्चालनमा ल्याउन सहकारी संस्थाबाट गैरकानुनी रुपमा रकम स्थानान्तरण गरी लगानी गरेको विषय सार्वजनिक भएको छ । उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान अगाडि बढाइसकेको छ । लामिछाने समेत नेतृत्व तहमा रहेर सञ्चालनमा आएको ग्यालेक्सी फोरके टेलिभिजनका लागि पोखरा, चितवन र बुटवलका विभिन्न सहकारीका बचतकर्ताको रकम गैरकानुनी रुपमा स्थानान्तरण गरेको पाइएको विषय सञ्चारमाध्यममा आएको छ ।

आफूविरुद्ध सञ्चारमाध्यमहरुमा चरणबद्ध रुपमा समाचार प्रकाशित भएको विषयलाई संकेत गर्दै लामिछानेले सञ्जालमा लेखेका छन्, ‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है । मलाई केही कुरा लुकाउनु छैन । पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनै पर्दैन । बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2024
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट