अदालतले रोकिदियो पशुपति क्षेत्र विकास कोषमा लक्ष्मी पुनको नियुक्ति

अदालतले रोकिदियो पशुपति क्षेत्र विकास कोषमा लक्ष्मी पुनको नियुक्ति : Icon Khabar

काठमाडाैँ, माघ ८ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नव नियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति रोकिदिएको छ ।

कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो । अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको हो । गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।

पुनको नियुक्तिमा आवश्यक मापदण्ड नपुगेको कारण तत्कालको लागि नियुक्ति रोकिएको पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । पुस ४ मा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

Published Date: 22 January 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै