आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ ८ । आज मिति २०८० माघ ८ गते सोमबार, तद्अनुसार २२ जनवरी २०२४ । आज पौष शुक्लपक्ष द्वादशी, मृगशिरा– नक्षत्र, ब्रह्म– योग, बव– करण, चन्द्र राशि– वृष, सूर्योदय– बिहान ६ः५७, सूर्यास्त साँझ– १७ः३४ बजे ।

आजको राशिफल

मेष: कुनै पनि निर्णय लिँदा विवेकको प्रयोग गर्नु होला । परिवारसंग जीवन सुखपूर्वक व्यतीत हुनेछ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

वृष: लामो समयदेखि रोकिएका कार्य पूर्ण हुने योग छ । ठूलो लाभ हुनसक्छ । उन्नका मार्ग प्रशस्त हुनेछन् ।

मिथुन: रोकिएको पैसा पाइने योग छ । व्यावसायिक यात्रा सफल रहने छ । व्यवसायमा वृद्धि हुनेछ ।

कर्कट: व्यवसायबाट लाभ पाइने छ । जीवनसाथीबाट सहयोग पाइने छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

सिंह: साथीहरु तथा आफन्तहरुलाई सहयोग गर्न पाउनु हुनेछ । मान–सम्मान पाइने छ । कुनै ठूलो काम गर्न मन लाग्ने छ ।

कन्या: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुने छ । कुनै ठूलो कार्य गर्ने मन बन्ने छ ।

तुला: उपहार प्राप्ति हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ ।

वृश्चिक: व्यस्तता बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला । आलस्यता हावी रहने छ ।

धनु: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । लगानी गर्न हतार नगर्नु होला ।

मकर: चोट तथा दुर्घटनाबाट हानि हुनसक्छ । भ्रमको स्थिति बन्न सक्छ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

कुम्भ: पूजा–पाठमा मन लाग्ने छ । कुनै साधु–सन्तको सेवा गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

मीन: आर्थिक उन्नतिका लागि नयाँ नीति बन्ने छ । कार्यप्रणालीमा सुधार हुने छ । प्रतिष्ठामा वृद्धि हुनेछ ।

Published Date: 22 January 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै