क्रिकेट यू-१९ विश्वकप आजदेखि सुरु

क्रिकेट यू-१९ विश्वकप आजदेखि सुरु : Icon Khabar

काठमाडौं, माघ ५ ।  आइसीसी यू-१९ विश्वकप आजदेखि सुरु हुँदैछ । पहिलो दिन शुक्रबार २ खेल हुँदा नेपालले भने आइतबारदेखि विश्वकप यात्रा सुरु गर्नेछ ।

प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ए अन्तर्गत आज आयरल्यान्डले अमेरिकासँग खेल्नेछ । त्यस्तै समूह बी मा आयोजक दक्षिण अफ्रीका र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्नेछन् । नेपाली समयअनुसार खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।

नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । नेपालले पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । यस समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।

नेपालले विश्वकपको तयारीस्वरूप वेस्टइन्डिज सँग खेलेको वार्म अप खेल वर्षाका कारण पूरा हुन सकेको थिएन ।

आइसीसी यू१९ विश्वकप : माघ ५ देखि २८ गते सम्म (१९ जनवरी देखि ११ फेब्रुअरी सम्म)

समूह ए : भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका

समूह बी : इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड

समूह सी : अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया

समूह डी : नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान

विश्वकपका खेलहरु

माघ ७ (२१ जनवरी) : न्युजिल्यान्ड, बुफलो पार्क, इस्ट लन्डन

माघ १० (२४ जनवरी) : पाकिस्तान, बुफलो पार्क, इस्ट लन्डन

माघ १२ (२६ जनवरी) : अफगानिस्तान, बुफलो पार्क, इस्ट लन्डन

आठौं पटक खेल्दै नेपाल

नेपाल यू१९ विश्वकप आठौं पटक खेल्दैछ । यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू१९ विश्वकप खेलेको थियो ।

प्लेट च्याम्पियन उत्कृष्ट नतिजा

हालसम्म यू१९ विश्वकपमा नेपालको उत्कृष्ट नतिजा प्लेट च्याम्पियन हो । २००६ को प्लेट च्याम्पियन फाइनलमा न्युजिल्यान्डलाई एक विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो ।

नेपाली यु-१९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, , उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द ।

Published Date: 19 January 2024




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक