दोस्रो सुपर ओभरमा अफगानिस्तानविरुद्ध भारतको रोमाञ्चक जीत

दोस्रो सुपर ओभरमा अफगानिस्तानविरुद्ध भारतको रोमाञ्चक जीत : Icon Khabar

बेंगलुरु, माघ ४ । भारत तथा अफगानिस्तानबीचको तेस्रो टी२० इन्टरनेशनल अत्यन्त रोमाञ्चक शैलीमा टुंगिएको छ । प्रारम्भमा दुबै टीमबीच खेल टाइ भयो । त्यसपछि दुबै टीमले सुपर ओभरमा १६–१६ रन बनाए, फलस्वरुप उक्त सुपर ओभरसमेत टाइ भयो । त्यसपछि दोस्रो सुपर ओभरमा भारतीय टीम विजयी हुन सफल भयो ।

दोस्रो सुपर ओभरमा भारतीय टीमले पाँच बलमा ११ रन बनाएको थियो । त्यसपछि कप्तान रोहित शर्माले स्पिनर रवि बिश्नोइलाई बलिङको जिम्मेवारी दिए । बिश्नोईले आफ्नो स्पिनको कला प्रदर्शन गर्दै अफगानिस्तानलाई तीन बलमै एक रनमा सिमित बनाए । बिश्नोईले मोहम्मद नबी तथा रहमनुल्लाह गुरबाजलाई शिकार बनाए ।

यो जीतसंगै भारतीय टीमले अफगानिस्तानलाई तीन खेलको टी२० सीरीजमा ३–० ले क्लीन स्वीप गरिदिएको छ । यो खेलमा रोहित शर्माले कीर्तिमानी शतक प्रहार गरे भने रिंकू सिंहले पनि विष्फोटक अर्धशतक बनाए ।

बुधवार राति सम्पन्न भएको खेलमा २१३ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको टीमले ६ विकेटमा २१२ रन बनाउन सफल भयो । यही कारण यो खेल टाइ भयो । यो खेलमा अफगानिस्तानका लागि गुरबाज तथा इब्राहिम जादरानले ५०–५० रनको इनिङ खेले । मोहम्मद नबीले १६ बलमा ३४ रन बनाए भने गुरबदीन नाइबले २३ बलमा ५५ रन बनाए ।

भारतीय स्पिनर वाशिङ्टन सुन्दरले सबैभन्दा बढी तीन विकेट लिए भने आवेश खान तथा कुलदीप यादवले एक–एक विकेट लिए ।

त्यसअघि, भारतीय खेलाडीहरुले उत्कृष्ट ब्याटिङ गर्दै अफगानिस्तानलाई जीतका लागि २१३ रनको लक्ष्य दिएका थिए । टस जितेर पहिला ब्याटिङ गर्दै भारतले चार विकेटको क्षतिमा २१२ रन जोडेको थियो ।

आजको खेलमा भारतले एक समयमा २२ रनमा ४ विकेट गुमाइसकेको थियो । ओपनर यशस्वी जायसवाल चार रन बनाएर आउट भए भने विराट कोहली पहिलो बलमै पेभिलियन फर्किए । त्यसपछि शिवम दुबे (एक रन) तथा सञ्जु सामसन (० रन) पनि आउट भए ।

यद्यपि, त्यसपछि कप्तान रोहित शर्माले रिंकू सिंहसंग मिलेर इनिङलाई सम्हाल्दै पाँचौं विकेटका लागि ९५ बलमा १९० रनको साझेदारी गरे ।

रोहित शर्माले ६४ बलमा शतक प्रहार गर्दै पुनः एक पटक इतिहास रचेका छन् । उनी टी२० इन्टरनेशनल क्रिकेटमा पाँच शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । त्यसपछि रिंकू सिंहले पनि टी२० इन्टरनेशनलमा आफ्नो दोस्रो अर्धशतक जमाए । रिंकूले ३६ बलमा अर्धशतक पुरा गरे ।

आजको खेलमा रोहितले ६९ बलमा अविजित १२१ रन बनाए । त्यसक्रममा उनले ८ चौका तथा ११ छक्का प्रहार गरे । अर्कोतिर रिंकू सिंहले ३९ बलमा ६९ रनको अविजित इनिङ खेले । उनले छ छक्का तथा दुई चौका प्रहार गरे ।

रोहितले सीरीजमा पहिलो पटक खाता खोलेका हुन् । उनले तेस्रो खेलमा आफ्नो सातौं बलमा एक रन लिएर खाता खोलेका थिए । त्यसअघि उनको ब्याटबाट चौका पनि लागेको थियो, तर अम्पायर वीरेन्द्र शर्माले त्यसलाई बाईको चौका बताए । रोहित सीरीजका अघिल्ला दुई खेलमा खातै नखोली आउट भएका थिए ।

आजको खेलमा भारतको तर्फबाट अक्षर पटेल, अर्शदीप सिंह तथा जितेश शर्मालाई आराम दिएर सञ्जू सामसन, आवेश खान तथा कुलदीप यादवलाई बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू