सात महिनादेखि बन्द मेलम्चीको पानी सुरुङमा पठाइयो, चार दिनमा सुन्दरीजल आइपुग्ने

सात महिनादेखि बन्द मेलम्चीको पानी सुरुङमा पठाइयो, चार दिनमा सुन्दरीजल आइपुग्ने : Icon Khabar

काठमाडौं, पुस २७ ।  भूकम्प र भ्रेमाथाङ बाढीका कारण अवरुद्ध मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको छ । सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको हो ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्नेछ । माघ १ गतेसम्म काठमाडौंबासीको धारामा मेलम्चीको पानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।

परीक्षणका रूपमा पानी प्रवेश मंगलबारदेखि सुरु गरिएको थियो । तर बिहीबारदेखि प्रतिसेकेण्ड ६ सय लिटर पानी सुरुङमा प्रवेश गराइएको हो । परिमाण बढाउँदै दैनिक दुई हजार प्रतिसेकेण्ड अर्थात् १७ करोड लिटर सुरुङमा पठाइनेछ ।

२०७८ असार १ गते आएको भ्रेमाथाङको बाढीपछि मेलम्चीको पानी राम्रोसँग काठमाडौं पठाउन सकिएको छैन । सुरुङ अन्तिम अवस्थामा काम भइरहँदा बाढी गएको थियो । बाढीले सुरुङ मार्गको हेडवर्क्ससहित धेरै संरचनामा क्षति पुर्‍याएको थियो । सोही कारण आंशिक रुपमा हिउँदमा मात्र पानी पठाउने कार्य हुँदै आएको थियो ।

त्यस्तै गत साउन अन्तिम साता आएको बाढीले ल्याएको बालुवा र ढुंगा सहितको गेग्रानले पुरिएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्र (हेडवर्क्स) अलपत्र परेको थियाे । त्यसलाई सफा गरेर अस्थायी रूपमा पानी सुरुङमा प्रवेश गराइएको हो ।
मेलम्ची विकास समितिले २८ दिनमा पानी काठमाडौं झार्ने गरी काम गर्न चिनियाँ ठेकेदार कम्पनीसँग गत ३ गते गेग्रान हटाउने ठेक्का सम्झौता गरेको थियो । २०७८ असारको बाढीले मुहान क्षेत्र क्षतिग्रस्त भएपछि मेलम्चीको पानी काठमाडौंमा नियमित वितरण हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 January 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न