बिहिबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घट्यो

बिहिबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, पुस २६ । निरन्तर चार कारोबार दिनदेखि सुनको मूल्यमा गिरावट आएको छ । सोमबारदेखि घट्न सुरु गरेको सुनको मूल्य आज बिहीबार पनि निरन्तरता दिएको हो ।

आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिद बिक्री भएको छ ।

Published Date: 11 January 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर