बिहिबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घट्यो

बिहिबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, पुस २६ । निरन्तर चार कारोबार दिनदेखि सुनको मूल्यमा गिरावट आएको छ । सोमबारदेखि घट्न सुरु गरेको सुनको मूल्य आज बिहीबार पनि निरन्तरता दिएको हो ।

आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिद बिक्री भएको छ ।

Published Date: 11 January 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने