इएफए कपमा मिडल्स्ब्रोसँग चेल्सीको हार

इएफए कपमा मिडल्स्ब्रोसँग चेल्सीको हार : Icon Khabar

काठमाडौं, पुस २५ । प्रिमियर लिग क्लब चेल्सीले इएफएल कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा हार बेहोरेको छ । चेल्सी च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले पराजित भएको हो ।

चेल्सीलाई हार चखाउन पहिलो हाफमा हेडेन ह्याक्नीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३७औं मिनेटमा आइसेह जोन्सको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसअघि रिभरसाइड स्टेडियम मिडल्सब्रगमा मंगलबार राति भएको खेलको पहिलो हाफमै कोल पाल्मेरले तीन सुवर्ण अवसर खेर फाल्दा चेल्सी अग्रता लिनबाट चुकेको थियो ।

एक गोलले पछि परेको चेल्सीले ७२ प्रतिशत बल पोसेसन राखेपनि मिडल्सब्रगको बलियो रक्षापङ्ति तोड्न नसक्दा पहिलो लेगमा स्तब्ध बन्न पुग्यो । चेल्सीलाई हार चखाउन मिडल्सब्रगका गोलरक्षक थोमस ग्लोभरले सानदार प्रदर्शनसहित बचाउ गरे ।

अब दोस्रो लेगको खेल २४ जनवरीमा हुनेछ । यस खेलमा स्पष्ट २–० को जित निकाल्न सके चेल्सी फाइनलमा पुग्नेछ । बराबरी र हारको नतिजाले चेल्सी सेमिफाइनलबाटै बाहिरिनेछ । १–० को जितले पनि फाइनल पुग्ने सम्भावना जीवित रहनेछ ।मिडल्सब्रगलाई बराबरीको नतिजा नै फाइनल पुग्न पर्याप्त हुनेछ ।

अर्काे सेमिफाइनलको पहिलो लेगमा आज राति लिभरपुल र फुलहमबीच प्रतिस्पर्धा हुँदैछ । यि दुई टोलीबीचको दोस्रो लेग २५ जनवरीमा हुनेछ । फाइनल २६ फेब्रुअरीमा हुनेछ । –एजेन्सी

Published Date: 10 January 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु