इएफए कपमा मिडल्स्ब्रोसँग चेल्सीको हार

इएफए कपमा मिडल्स्ब्रोसँग चेल्सीको हार : Icon Khabar

काठमाडौं, पुस २५ । प्रिमियर लिग क्लब चेल्सीले इएफएल कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा हार बेहोरेको छ । चेल्सी च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले पराजित भएको हो ।

चेल्सीलाई हार चखाउन पहिलो हाफमा हेडेन ह्याक्नीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३७औं मिनेटमा आइसेह जोन्सको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसअघि रिभरसाइड स्टेडियम मिडल्सब्रगमा मंगलबार राति भएको खेलको पहिलो हाफमै कोल पाल्मेरले तीन सुवर्ण अवसर खेर फाल्दा चेल्सी अग्रता लिनबाट चुकेको थियो ।

एक गोलले पछि परेको चेल्सीले ७२ प्रतिशत बल पोसेसन राखेपनि मिडल्सब्रगको बलियो रक्षापङ्ति तोड्न नसक्दा पहिलो लेगमा स्तब्ध बन्न पुग्यो । चेल्सीलाई हार चखाउन मिडल्सब्रगका गोलरक्षक थोमस ग्लोभरले सानदार प्रदर्शनसहित बचाउ गरे ।

अब दोस्रो लेगको खेल २४ जनवरीमा हुनेछ । यस खेलमा स्पष्ट २–० को जित निकाल्न सके चेल्सी फाइनलमा पुग्नेछ । बराबरी र हारको नतिजाले चेल्सी सेमिफाइनलबाटै बाहिरिनेछ । १–० को जितले पनि फाइनल पुग्ने सम्भावना जीवित रहनेछ ।मिडल्सब्रगलाई बराबरीको नतिजा नै फाइनल पुग्न पर्याप्त हुनेछ ।

अर्काे सेमिफाइनलको पहिलो लेगमा आज राति लिभरपुल र फुलहमबीच प्रतिस्पर्धा हुँदैछ । यि दुई टोलीबीचको दोस्रो लेग २५ जनवरीमा हुनेछ । फाइनल २६ फेब्रुअरीमा हुनेछ । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 January 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन