आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस २५ । आज २०८० पुस २५ गते बुधबार, तद्अनुसार १० जनवरी २०२३ । आजको तिथि–पौष कृष्णपक्ष चतुर्दशी, मूल– नक्षत्र, ध्रुव– योग, भद्रा– करण, चन्द्र राशि– धनु, सूर्योदय– बिहान ६ः५८, सूर्यास्त– साँझ १७ः२५ बजे ।

आजको राशिफल

मेष: पुराना प्रयासको लाभ मिल्न थाल्ने छ । साथीहरुलाई सहयोग गर्न पाउनु हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

वृष: पारिवारिक चिन्ता रहने छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । रोकिएका कार्यमा गति आउने छ ।

मिथुन: प्रतिद्वन्दितामा वृद्धि हुनेछ । जीवनसाथीसंग खटपट हुनसक्छ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

कर्कट: पुराना रोग समस्याको कारण बन्न सक्छ । अज्ञात भयले सताउने छ । परिवारमा सुख–शान्ति कायम रहने छ ।

सिंह: पारिवारिक समस्यामा वृद्धि हुनेछ । चिन्ता तथा तनाव रहने छ । विवादलाई नबढाउनु होला ।

कन्या: सवारीसाधन तथा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला । चिन्ता तथा तनाव रहने छ । पार्टनरहरुसंग मतभेदको सम्भावना छ ।

तुला: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

वृश्चिक: पूजा–पाठमा मन लाग्ने छ । अध्यात्ममा रुचि बढ्ने छ । लाभमा वृद्धि हुनेछ ।

धनु: नयाँ योजना बन्ने छ, जसको लाभ तत्काल पाइने छैन । सामाजिक कार्यमा रुचि रहने छ । चौतफी सफलता प्राप्त हुनेछ ।

मकर: कुनै ठूलो वाधा आउन सक्छ । हतार गर्दा काम बिग्रन सक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कुम्भ: यात्रामा सावधानी अपनाउनु होला । हतार गर्दा हानि हुनसक्छ । अप्रत्याशित खर्च बढ्ने छ ।

मीन: शारीरिक कष्टबाट बाधाको सम्भावना छ । अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 January 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन