रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो

रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो : Icon Khabar

रुकुम, पुस २३ । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।

सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर यो याममा रु सात लाख ५० हजार आम्दानी गरेका छन् । अब एक सय ४० धार्नी मह बिक्री हुन बाँकी रहेको उनले बताए । ‘यस वर्ष राम्रो मह उत्पादन भएको छ । मैले यो याममा मौरी घारबाट निकालेको मह सबै बिक्री भयो भने रु १२ लाख कमाउँछु’, किसान खड्काले भने ।

सोही वडाका अर्का मौरीपालक किसान कमलाल खड्काले पनि ६० घारबाट एक सय ८० धार्नी मह निकालेका छन् । मह निकाल्न अझै दश मौरीका गोला बाँकी छन् भने एक सय आठ धार्नी मह बिक्री भइसकेको छ । उनले बिक्री भएको महबाट रु तीन लाख २४ हजार आम्दानी गरेका छन् । अझै ७२ धार्नी मह बिक्री हुन बाँकी छ । उनले भने, ‘यो याममा रु सात लाख बराबरको आम्दानी हुने भएको छ ।’

एक धार्नीमा साढे दुई किलो मह हुने गर्छ । एक किलो मह लाई १२ सयसम्ममा बिक्री हुने गरेको जनाइएको छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ । सिस्ने –३ मा यो याममा रु ९० लाख बराबरको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिए । अघिल्लो वर्षका तुलनामा यस वर्ष जिल्लामा दोब्बरले मह उत्पादन भएको एकीकृत तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी जानकारी दिए ।

गत वर्ष जिल्ला मा १२ सय मौरीका गोलाबाट छ सय मेट्रिक टन मात्र मह उत्पादन भएको थियो भने यस वर्ष १७ सय मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । अझै पनि किसानको मह निकाल्ने काम जारी भएको हुँदा अहिल नै यति मह उत्पादन भएको छ भनेर भन्न नसकिने उनले बताए । उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भयो भने पनि रु एक करोड १५ लाख २० हजार जिल्लामा आम्दानी हुने सो कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 January 2024




ताजा
सोल्टी होटल्सले सञ्चालनमा ल्यायो मनकामना मन्दिर नजिक लक्जरी रिसोर्ट
के दैनिक एलोभेरा जुस पिउनु सुरक्षित छ?
समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको चलअचल सम्पत्ति रोक्का
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न