डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छ : अर्थमन्त्री डा. महत

डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छ : अर्थमन्त्री डा. महत : Icon Khabar

काठमाडौं, पुस २१ । अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगीहरुको विद्युत लाइन काटेको कुरालाई सरकारले चाँडै टुंगो लगाउने बताएका हुन् । उनले विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताए ।

उनले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउनु नहुने बताए । उनले डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउनु नहुने पनि धारणा राखे । अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै चलायमान भइरहेकाले थप सकारात्मक कुराहरुको आवश्यकता रहेको स्पष्ट पारे ।

Published Date: 06 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग