आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस २१ । आज २०८० पुस २१ गते शनिबार, तद्अनुसार ६ जनवरी २०२४ । आज पौष कृष्णपक्ष दशमी, स्वाती- नक्षत्र, धृति- योग, वणिज- करण, चन्द्रराशि- तुला, सूर्योदय- बिहान ६ः५७, सूर्यास्त- साँझ १७ः२२ ।

आजको राशिफल

मेष: सम्पत्तिको ठूलो किनबेचले ठूलै लाभ दिनसक्छ । पारिवारिक सहयोगले कार्यमा सहजता आउने छ । जीवनसाथीसंग भनाभन हुनसक्छ ।

वृष: वैवाहिक प्रस्ताव प्राप्त हुनसक्छ । व्यवसायमा वृद्धिको योग छ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

मिथुन: बु‍द्धिको प्रयोग गर्नु होला । लाभ हुनेछ । स्वास्थ्य कमजोर रहने छ ।

कर्कट: नयाँ आर्थिक नीति बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । समाजसेवामा रुची बढ्ने छ ।

सिंह: धर्म–कर्ममा मन लाग्ने छ । लगानी शुभ रहने छ । लाभको अवसर हात पर्नेछ ।

कन्या: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । मेहनतको फल पाइने छ । मान–सम्मान मिल्ने छ ।

तुला: कुनै मांगलिक कार्य आयोजना हुनसक्छ । टाढाबाट राम्रो खबर प्राप्त हुनसक्छ । आत्मविश्वास बढ्ने छ ।

वृश्चिक: व्यवसायको गति सुस्त रहने छ । स्वास्थ्य कमजोर रहने छ । यात्रामा हतार नगर्नु होला ।

धनु: अप्रत्याशित लाभ हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । लाभमा वृद्धि हुनेछ ।

मकर: व्यावसायिक यात्रा मनोनुकूल रहने छ । विवेकको प्रयोगले लाभमा वृद्धि हुनेछ ।

कुम्भ: कुनै पारिवारिक उत्सवमा भाग लिने मौका पाइने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

मीन: पारिवारिक चिन्ता रहने छ । मेहनत बढी तथा लाभ कम हुनेछ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

Published Date: 06 January 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु