आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस २१ । आज २०८० पुस २१ गते शनिबार, तद्अनुसार ६ जनवरी २०२४ । आज पौष कृष्णपक्ष दशमी, स्वाती- नक्षत्र, धृति- योग, वणिज- करण, चन्द्रराशि- तुला, सूर्योदय- बिहान ६ः५७, सूर्यास्त- साँझ १७ः२२ ।

आजको राशिफल

मेष: सम्पत्तिको ठूलो किनबेचले ठूलै लाभ दिनसक्छ । पारिवारिक सहयोगले कार्यमा सहजता आउने छ । जीवनसाथीसंग भनाभन हुनसक्छ ।

वृष: वैवाहिक प्रस्ताव प्राप्त हुनसक्छ । व्यवसायमा वृद्धिको योग छ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

मिथुन: बु‍द्धिको प्रयोग गर्नु होला । लाभ हुनेछ । स्वास्थ्य कमजोर रहने छ ।

कर्कट: नयाँ आर्थिक नीति बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । समाजसेवामा रुची बढ्ने छ ।

सिंह: धर्म–कर्ममा मन लाग्ने छ । लगानी शुभ रहने छ । लाभको अवसर हात पर्नेछ ।

कन्या: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । मेहनतको फल पाइने छ । मान–सम्मान मिल्ने छ ।

तुला: कुनै मांगलिक कार्य आयोजना हुनसक्छ । टाढाबाट राम्रो खबर प्राप्त हुनसक्छ । आत्मविश्वास बढ्ने छ ।

वृश्चिक: व्यवसायको गति सुस्त रहने छ । स्वास्थ्य कमजोर रहने छ । यात्रामा हतार नगर्नु होला ।

धनु: अप्रत्याशित लाभ हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । लाभमा वृद्धि हुनेछ ।

मकर: व्यावसायिक यात्रा मनोनुकूल रहने छ । विवेकको प्रयोगले लाभमा वृद्धि हुनेछ ।

कुम्भ: कुनै पारिवारिक उत्सवमा भाग लिने मौका पाइने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

मीन: पारिवारिक चिन्ता रहने छ । मेहनत बढी तथा लाभ कम हुनेछ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 January 2024
Website | + posts