एमालेले राष्ट्रियसभाको १९ सिटमै उम्मेदवारी दिने, ६ केन्द्रीय सदस्य थप

एमालेले राष्ट्रियसभाको १९ सिटमै उम्मेदवारी दिने, ६ केन्द्रीय सदस्य थप : Icon Khabar

काठमाडौँ, पुस २० । नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमै उम्मेद्वारी दर्ता गराउने भएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वारका बारेमा छलफल गर्दै पुष २३ गते १९ सीटै उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो । बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागिएकोमा सिफारिस भएर आएका नामहरुका बारेमा प्रारम्भिक छलफल भएको जानकारी दिए । उनले सिफारिस भएर आएका नामलाई टुङ्गो लगाएर १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको बताए ।

त्यस्तै बैठकले भारतसँग भएका केहि सहमतिप्रति पनि असन्तुष्टि जनाएको छ । राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो हुन नसकेकाले भारतसँग भएका सम्झौतका बारेमा जानकारी गराउन सरकारसँग माग गरिएको महासचिव पोखरेलले बताए ।

सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

Published Date: 05 January 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता