एमालेले राष्ट्रियसभाको १९ सिटमै उम्मेदवारी दिने, ६ केन्द्रीय सदस्य थप

एमालेले राष्ट्रियसभाको १९ सिटमै उम्मेदवारी दिने, ६ केन्द्रीय सदस्य थप : Icon Khabar

काठमाडौँ, पुस २० । नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमै उम्मेद्वारी दर्ता गराउने भएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वारका बारेमा छलफल गर्दै पुष २३ गते १९ सीटै उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो । बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागिएकोमा सिफारिस भएर आएका नामहरुका बारेमा प्रारम्भिक छलफल भएको जानकारी दिए । उनले सिफारिस भएर आएका नामलाई टुङ्गो लगाएर १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको बताए ।

त्यस्तै बैठकले भारतसँग भएका केहि सहमतिप्रति पनि असन्तुष्टि जनाएको छ । राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो हुन नसकेकाले भारतसँग भएका सम्झौतका बारेमा जानकारी गराउन सरकारसँग माग गरिएको महासचिव पोखरेलले बताए ।

सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 January 2024
Website | + posts