जापान एयरलाइन्सको विमान दुर्घटना: पाँच जनाको मृत्यु

जापान एयरलाइन्सको विमान दुर्घटना: पाँच जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, पुस १८ । मंगलबार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा तीन सय ७९ यात्रुहरू रहेका थिए ।

उनीहरूलाई मंगलबार नै विमानबाट बाहिर निकालिएको थियो । जापान कोस्ट गार्डको विमानमा सवार ६ जना चालक दलका सदस्यमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको हो । पहिला नै भाग्न सफल भएका क्याप्टेन भने गम्भीर घाइते भएका छन् । कोस्ट गार्डका प्रवक्ता योशिनोरी यानागिशिमाले यसअघि जापान एयरलाइन्सको विमान र यसको उडान एमए–७२२, बम्बार्डियर ड्यास–८ बिच ठोक्किएको पुष्टि गर्नुभएको थियो । आपसमा ठोक्किएसँगै दुवै विमानमा आगो लागेको थियो ।

एनएचके फुटेजमा जापान एयरलाइन्सको विमान रनवेमा ट्याक्सी चलाउँदा त्यसको छेउबाट ठूलो विस्फोट भएको देखाइएको छ । त्यसपछि पखेटा वरपरको क्षेत्रमा आगो लागेको थियो । विमान दुर्घटनाका कारण हानेदा विमानस्थलका सबै धावनमार्ग बन्द गरिएको यातायात मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री फुमियो किशिदाले मङ्गलवार घटनाको छानबिन गर्न सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 January 2024
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट