मंगलबार नेप्से परिसूचक ३०.०५ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ३०.०५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, पुस १७ । मंगलबार नेप्से परिसूचक ३०.०५ अंक घटेर २०३०.१० विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ४ अर्बको शेयर कारोबार भएको बजारमा आज ३०५ स्टकको ८५ हजार ४३५ पटकको कारोबारमा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज हाथवे इन्भेष्टमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिटिजन लाइफ इन्स्योरेन्सका करिब १५ करोडको शेयर किनबेच भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत घटेको छ। त्यसैगरी, आज जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2024
Website | + posts