आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस १७ । आज २०८० पुस १७ गते मंगलबार, तद्अनुसार २ जनवरी २०२३ । आज पौष कृष्णपक्ष षष्ठी १४ः५० बजेपछि सप्तमी, पूर्व फाल्गुनी- नक्षत्र १०ः१६ बजेपछि उत्तर फाल्गुनी, सौभाग्य- योग, वणिज- करण, चन्द्रराशि- सिंह, सूर्योदय बिहान- ६ः५६, सूर्यास्त साँझ- १७ः१९ ।

आजको राशिफल

मेष: यात्रा लाभदायक रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । विवादबाट बच्नु होला । शत्रु शान्त रहने छन् ।

वृष: शत्रु सक्रिय रहने छन् । शारीरिक कष्ट सम्भव छ । अरुको कार्यमा हस्तक्षेत्र नगर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ ।

मिथुन: परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । महत्वपूर्ण निर्णय लिँदा सोच–विचार गरेर लिनु होला, लाभ हुनेछ । अप्रत्याशित खर्च बढ्ने छ ।

कर्कट: व्यापार–व्यवसाय राम्रो चल्ने छ । जागिरमा सन्तोष रहने छ । लगानी शुभ रहने छ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

सिंह: धन प्राप्ति सुगम तरिकाले हुनेछ । नयाँ योजना बन्ने छ । तत्काल लाभ हुने छैन । कार्यप्रणालीमा सुधार हुनेछ ।

कन्या: व्यापार–व्यवसाय लाभप्रद रहने छ । पूजा–पाठमा मन लाग्ने छ । कुनै साधु–सन्तको आशीर्वाद पाउन सकिने छ ।

तुला: अपेक्षित कार्य लम्बिने छ । प्रयास अधिक गर्नु पर्नेछ । व्यर्थको भागदौड हुनेछ । कुनै व्यक्तिको व्यवहारले निराश हुनु पर्नेछ ।

वृश्चिक: धनलाभको अवसर हात पर्नेछ । सामाजिक कार्यमा रुचि रहने छ । लगानी शुभ रहने छ । मान–सम्मान पाइने छ ।

धनु: यात्रा मनोरञ्जक रहने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । व्यवसायमा वृद्धि हुनेछ ।

मकर: धन प्राप्ति सुगम हुनेछ । साथीहरुको सहयोग समयमै प्राप्त हुनेछ । प्रसन्नता रहने छ । थकान तथा कमजोरी महसुस हुन सक्छ ।

कुम्भ: जागिरमा प्रभाव बढ्ने छ । आम्दानीमा वृद्धि हुनेछ । रोजगार प्रँप्तिको प्रयास सफल रहने छ । लेन–देनमा हतार नगर्नु होला ।

मीन: जीवनसाथीको सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय लाभप्रद रहने छ । धन प्राप्ति सुगम हुनेछ । कार्य समयमा पूर्ण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2024
Website | + posts