नेपाली युवती दिल्लीमा लगेर यौन व्यवसाय गर्ने दम्पती पक्राउ

नेपाली युवती दिल्लीमा लगेर यौन व्यवसाय गर्ने दम्पती पक्राउ : Icon Khabar

काठमाडौं, पुस १६ । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा नेपाली दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका–७ ठेगाना भएका ३५ वर्षीय टीकाराम भण्डारी र ३१ वर्षीया अस्मिता भण्डारी, रिया वली भन्ने टीका कुमारी वली छन् । टीकाराम र अस्मिता श्रीमान् श्रीमती हुन् ।

विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्‍याइ वेश्यावृत्तिका लागि आफैँले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले बुधबार कञ्चनपुरबाट पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

Published Date: 01 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास