बालकुमारी घटना छानविन गर्न डीआइजीको नेतृत्वमा तीन सदस्यीय समिति गठन

बालकुमारी घटना छानविन गर्न डीआइजीको नेतृत्वमा तीन सदस्यीय समिति गठन : Icon Khabar

काठमाडौं, पुस १३ । लतिलपुरको बालकुमारीमा ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा दुई युवकको ज्यान गएको घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रालयले भर्खरै गठन गरेको छानविन समितिमा उपत्यका प्रहरी कार्यालयका डीआइजी लालमणि आचार्य संयोजक छन् । सदस्यमा ललितपुर जिल्ला प्रशासन कार्यलयका सहायक सीडीओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल रहेको गृह मन्त्रालय स्रोतले जानकारी दियो । समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तीर्ण करिब २८ हजार परीक्षार्थीले औद्योगिक क्षेत्रका लागि आवेदन दिन नपाउने भएपछि आन्दोलन गरेका हुन् । आन्दोलनकारीले शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी आगजनी गरेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा घाइते पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाह र किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको होे ।

राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको पाइएको छैन । उनको छातीमा दाग देखिएको छ । एक जनाको गोली लागेको छ भने अर्काको शरीरमा चोट लागेको छ । यसैबीच शुक्रबार नै उच्च अदालत पाटनले सबैलाई परीक्षामा सामेल गराउन आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 December 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने