बालकुमारी घटना छानविन गर्न डीआइजीको नेतृत्वमा तीन सदस्यीय समिति गठन

बालकुमारी घटना छानविन गर्न डीआइजीको नेतृत्वमा तीन सदस्यीय समिति गठन : Icon Khabar

काठमाडौं, पुस १३ । लतिलपुरको बालकुमारीमा ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा दुई युवकको ज्यान गएको घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रालयले भर्खरै गठन गरेको छानविन समितिमा उपत्यका प्रहरी कार्यालयका डीआइजी लालमणि आचार्य संयोजक छन् । सदस्यमा ललितपुर जिल्ला प्रशासन कार्यलयका सहायक सीडीओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल रहेको गृह मन्त्रालय स्रोतले जानकारी दियो । समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तीर्ण करिब २८ हजार परीक्षार्थीले औद्योगिक क्षेत्रका लागि आवेदन दिन नपाउने भएपछि आन्दोलन गरेका हुन् । आन्दोलनकारीले शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी आगजनी गरेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा घाइते पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाह र किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको होे ।

राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको पाइएको छैन । उनको छातीमा दाग देखिएको छ । एक जनाको गोली लागेको छ भने अर्काको शरीरमा चोट लागेको छ । यसैबीच शुक्रबार नै उच्च अदालत पाटनले सबैलाई परीक्षामा सामेल गराउन आदेश दिएको छ ।

Published Date: 29 December 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर