नयाँ वर्ष अभियान ;” फोनपे गर्ने हो “को साथ २०२४ को सुरुवात

नयाँ वर्ष अभियान ;” फोनपे गर्ने हो “को साथ २०२४ को सुरुवात : Icon Khabar

ललितपुर, पुस १२ । फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले, “फोनपे गर्ने हो” नामक नयाँ अभियानको घोषणा गरेको छ। फोनपे सँग “सहज भुक्तानी विधि अप्नाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गरेको छ। फोनपे क्यू आर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरुलाई सरल र सुबिधाजनक बनाउँदै, धेरै मानिसहरु माझ थप उजागर गराउनु, यस अभियानको उद्देय रहेको छ।

पौस १३ देखि पौस १७ सम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे डिरेक्ट सेवा, अभियान समय अवधि भर, पाँच पटक सम्म प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ | त्यसको साथसाथै, फोनपे क्यू आर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटक सम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने छन्।

यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई MI-Xiaomi 12 स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने छ। यस अभियान मार्फत फोनपेले, फोनपे सेवाहरू द्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउन प्रेरित गर्न खोजेको छ जहाँ डिजिटल भुक्तानीहरू आजको दिनमा विकल्प मात्र नभई, दैनिक रुपमा कारोबारको आवश्यक्ता नै हुन पुगेको छ।

अभियानको उदेश्यका बारेमा फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्मा ज्यूका अनुसार, “फोनपे गर्ने हो अभियानले, ग्राहकहरुलाई आफ्नो दैनिक भुक्तानी वा लेनदेनमा फोनपे सेवाहरुलाई समावेश गर्न थप प्रोत्शाहित गरेको छ । सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोनपे सदैव प्रतिबद्ध छ”।

फोनपेले सधैँ आफ्ना ग्राहकहरूको कारोवारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाईन्छ र यहि अनुरुप सुरक्षित कारोवारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरुमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ |

Published Date: 28 December 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग