रगतको महत्व र यसको समुचित प्रयोग (विचार)

रगतको महत्व र यसको समुचित प्रयोग (विचार) : Icon Khabar

काठमाडौँ, पुस १२ । मानव रगत: हामी सबैलाई थाहा छ, यसको बिकल्प छैन। त्यसै कारण हामी सबैले रगत र यसको महत्व बुझाउदै रक्तदान गर्ने र नगरेकालाई रक्तदान गर्न गराउन अभिप्रेरित गरि रहनु पर्दछ।

रक्तदाताले दिएको रगत सिधै बिरामीलाई प्रयोग गर्न हुन्न, यो स्वस्थ छ कि छैन भनी विभिन्न ल्याब वा ब्लड बैंकहरुमा पहिले परिक्षण गर्नुपर्दछ। सोहि कारणले गर्दा निशुल्क दान गरिएको रगतमा एक किसिमको शुल्क लाग्ने गर्दछ। निसन्देह, रगत त रक्ततत्वहरु निशुल्क हुनै पर्छ यसमा विभिन्न तह र स्तरका सरकारहरुले पहल कदमी लिनु पर्दछ र यसमा हामी जस्ता अभियन्ताले बिरामीलाई शुद्ध रगत बिना कुनै शुल्क र शोधभर्ना उपलब्ध हुन पर्छ भनेर बहस, पैरबी र आव्हान गरि नै रहेका छौं।

एकजना स्वस्थ ब्यक्तिद्वारा दान गरिएको रगतले तीन जना सम्मको ज्यान जोगाउन सकिन्छ भन्ने बिषयमा जनचेतना जगाउने सम्पुर्ण समाजको दायित्व हो। हामी स्वस्थ भएको बेला दान गरेको रगतले आज अरुको ज्यान बचाउने छ र कथंकदाचित हामिलाइ चाहिएको अवस्थामा हामीले अरुद्वारा दान गरेको रगतले आफ्नो ज्यान जोगाउन सक्छौं।

रगत एउटा जात, भाषा, लिंङ्ग, धर्म वा अन्य कुनै किसिमका विभेद रहित तत्व हो। समाजमा भएका विभेद रगत र रक्ततत्व उपयोग गर्दा सोध्ने वा परिक्षण गर्ने गरिंदैन। त्यसैले यसलाई उत्कृष्ट मानवीय दान भन्ने गरिन्छ।

यस्तो अमुल्य बस्तुको उचित प्रयोग र ब्यबस्थित भण्डारणणमा समेत सबैले चिन्तन गर्न आवश्यक छ। विशेष गरि रगतको आवश्यक परेका बिरामी र उनका आफन्तहरुले रगतको समुचित प्रयोगको लागि चनाखो हुन जरुरी छ।

बिरामीका आफन्तहरुले रगत नपाएसम्म आकाश पाताल नै एक हुने गरि सम्पुर्ण ब्लड बैंकमा पुगेर, फोन गरेर र सोधनी गरेर पनि नपाएको अवस्थामा साथिभाई, आफन्त, चिनेजानेका ब्यक्ति र विभिन्न अभियन्ताहरुलाई भनेर रगर त रक्ततत्व अत्यन्त मुश्किलले जोहो गरेका हुन्छन, तर त्यही रगत जब बिरामीलाई निको हुन्छ वा नचाहिने हुन्छ तब त्यो रगत कसैलाई नचाहिने वस्तुमा परिणत हुन्छ।

न त बिरामी पक्षले यस्को सोधनी गर्छन, न त चिकित्सक वा अस्पतालले नै जानकारी दिन्छ। हो यसरी नै एउटा मनकारिले दिएको उत्कृष्ट मानवीय दानको महत्त्व सकिन्छ, जुन अत्यन्त गलत हो। चाहिएको बेला विभिन्न श्रोत, फुर्ती र पहुच समेत प्रयोग गरि ल्याएको रगतलाई बेबारिस छोदिन्छ र त्यस्को समुचित प्रयोग नभई म्याद गुज्रिन्छ अनि फ्याकिन्छ।

एउटा शोध अनुसन्धानमा फेला परेको तथ्य अनुसार हामीले निशुल्क रक्तदान द्वारा संकलन गरेको रगत मध्ये ४० देखि ५०% रगत बिना प्रयोग खेर गई रहेको देखाएको छ। जुन यहि प्रयोगकर्ता र उनका आफन्तबाट हेलचेक्रयाई गरेकोले भएको मान्न सकिन्छ।

आफन्तबाट हेलचेक्रयाई गरिने उदाहरणहरु:
१. चाहिएन अब छोडि देउ।
२. त्यस्तो गार्हो गरि ल्यायो प्रयोग नै गर्न परेन, होस।
३. त्यत्ती टाढाबाट ल्याएको, जानै झ्याउ लाग्यो।
४. ह्या.. त्यत्ती पैसाको लागि को त्यहाँसम्म गई राख्छ।
५. हामीलाई चाहिएन अरुलाई दिनुस।
६. ल थाहै भएन।
७. फिर्ता दिन जानै नभयाउने भो।
८. मान्छे त सक्कियो! त्यस्को के मतलब ।
९. जाने आउने खर्च नै उठ्दैन… होस छोड देउ।
१०. अन्य आदि ईत्यादि कारणहरु

यस्तै आदि ईत्यादि कारण र व्यवहारले गर्दा हामीले धेरै नै रगत र रक्ततत्व खेर फालिरहेका छौ, जुन अत्यन्त गलत र अमानविय कुरा हो। तसर्थ, हामीले रक्तदानप्रति समाजमा जनचेतना मात्र जगाएर हुँदैन। यस्को समुचित र उच्चतम प्रयोगको लागि पनि हामीले सुनिश्चितता सहितको जानकारी एवं प्रचार प्रसार र व्यवहार समेत गर्न हामीले प्रण गर्नु पर्दछ र रगतको कमिले कसैको पनि ज्यान नजावस भनी अभियानमा सामेल भएका व्यक्ति, संस्था तथा समाजसेवीहरु प्रती सम्मानित व्यवहार प्रदर्शन गर्नु पर्दछ।

अन्त्यमा, हामीले दिएको स्वस्थ रगत नै एउटा स्वस्थ भविष्यको थालनी हो भन्ने मान्यता स्थापित गर्न, रक्तदान एकताको कार्य हो यसमा सामेल हुन र जीवन बचाउन आव्हान गर्दै रक्तदान महादानको अभियानमा सहभागी हुन तथा सकेसम्म धेरै रक्तदान गर्न र गराउन सहयोग एवं सहकार्य गरौँ भन्ने आव्हान पनि गरि रहौं।

बिना सोधभर्ना निशुल्क रगत उपलब्ध गराउने मानविय कार्यको अभियानमा सरिक होऔं।

लेखक: रुकेश रन्जित (रक्त अभियन्ता)
अध्यक्ष , ब्लड डोनर्स एसोसिएसन नेपाल, भक्तपुर शाखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
2
+1
0
Published Date: 28 December 2023
रुकेश रन्जित
+ posts