आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, पुस १२ । आज २०८० पुस १२ गते बिहीबार, तद्अनुसार २८ डिसेम्बर २०२३ । आज पुष कृष्ण प्रतिपदा, एन्द्र कौलव पुनर्वसु ।

आजको राशिफल

मेष: तीर्थदर्शनको योजना फलीभूत हुनेछ । सत्सङको लाभ पाइने छ । यात्राको सम्भावना छ । आत्मशान्ति रहने छ ।

वृष: स्थायी सम्पत्तिको कार्यले मनोनुकूल लाभ दिने छ । कुनै ठूलो समस्याको हल सहजै प्राप्त हुनेछ । भाग्य अनुकूल छ । धन प्राप्ति सुगम हुनेछ ।

मिथुन: कार्यस्थलमा परिवर्तनको योजना बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । जागिरमा सहकर्मीको साथ पाइने छ ।

कर्कट: स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि निर्णय नलिनु होला । चिन्ता तथा तनाव रहने छ ।

सिंह: चोट अथवा दुर्घटनाबाट ठूलो हानि हुनसक्छ, सावधान रहनु होला । अपरिचित व्यक्तिलाई अतिविश्वास नगर्नु होला । कुनै पनि प्रकारको विवादमा नपर्नु होला ।

कन्या: कुनै व्यक्ति विशेषको सहयोग प्राप्त हुनेछ । व्यापार लाभदायक रहने छ । पारिवारिक सदस्यहरुको सहयोग पाइने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

तुला: डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । शेयर मार्केटमा हतार नगर्नु होला । व्यापार लाभदायक रहने छ ।

वृश्चिक: रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता रहने छ । जीवनसाथीको सहयोग पाइने छ ।

धनु: विवादलाई नबढाउनु होला । स्वास्थ्यमा ध्यान राख्नु पर्नेछ । नराम्रो खबर आउन सक्छ, धैयता अपनाउनु होला । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मकर: यात्रा मनोरञ्जक रहने छ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । व्यवसायमा वृद्धि हुनेछ । हतार नगर्नु होला ।

कुम्भ: पुराना साथीहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । कुनै ठूलो काम गर्ने योजना बन्ने छ । आत्मसम्मान कायम रहने छ ।

मीन: मेहनतको फल पाइने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । भाग्य अनुकूल छ ।

Published Date: 28 December 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न