सानिमा बैंक नयाँबजार शाखाको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंक नयाँबजार शाखाको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न : Icon Khabar

काठमाडौँ, पुस ११ । सानिमा बैंकको नयाँबजार शाखाले मोर्डन नेपाल कलेजको विद्यार्थीसँग वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैकिङ क्षेत्रले पुर्याउने महत्वको बारेमा सानिमा बैंकको तर्फबाट प्रबिण न्यौपानेले विस्तृत रुपमा जानकारी गराएका थिए ।

सो क्रममा उनले हाल नेपालको अर्थतन्त्र, नेपालको शेयर बजार , हालसलै राष्ट्र बैंकले जारी गरेको परिकृत निर्देशनले पार्ने प्रभावको बारेमा पनि प्रकाश पारेका थिए ।

साथसाथै सानिमा बैंकले अहिले प्रदान गरीरहेको बचत खाता र मुद्वती खाताका बारेमा समेत विस्तृत अन्तरकृया भएको थियो। मोर्डन नेपाल कलेजको विद्यार्थीहरुका मुख्य जिज्ञासा शेयर बजार र शेयर भर्दे सानिमा बैंकले निशुल्क रुपमा शेयर कारोबार गर्ने मिल्ने कुरा थाहा पाएपछि अबको कारोबार सानिमा बैंकमा गर्ने कुरा विद्यार्थीहरुले बताए।

कार्यक्रममा विभिन्न कर्जाको बारेमा समेत छलफल भएको थियो सो क्रममा विद्यार्थीहरुले शैक्षिक कर्जा लिने प्रक्रियाको बारेमा समेत सानिमा बैंकका तर्फबाट प्रबिण न्यौपानेले जानकारी गराएका थिए ।

अहिलेको युगमा डिजिटल बैंकको बारेमा र सानिमा बैंकले प्रदान गरेको डिजिटल बैकिङको बारेमा सानिमा बैंकको तर्फबाट सुरेन्द्र रिमालले प्रकाश पारेका थिए । सो क्रममा मोबाइल बैकिङ वा डिजिटल बैकिङ जोखिम व्यवस्थापनका बारेमा समेत छलफल भएको थियो ।

सानिमा बैंकले वित्तिय साक्षरता कार्यक्रमले विद्यार्थीलाई यती महत्वपूर्ण जानकारी गराएकोमा मोर्डन नेपाल कलेजका तर्फबाट कलेजका संयोजक राजेश कुमार न्यौपानेले आगामी दिनमा समेत यस्तै महत्वपूर्ण कार्यक्रम गदै जानेमा विश्वास व्यक्त गरेका थिए ।

Published Date: 27 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास