सानिमा बैंक नयाँबजार शाखाको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंक नयाँबजार शाखाको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न : Icon Khabar

काठमाडौँ, पुस ११ । सानिमा बैंकको नयाँबजार शाखाले मोर्डन नेपाल कलेजको विद्यार्थीसँग वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैकिङ क्षेत्रले पुर्याउने महत्वको बारेमा सानिमा बैंकको तर्फबाट प्रबिण न्यौपानेले विस्तृत रुपमा जानकारी गराएका थिए ।

सो क्रममा उनले हाल नेपालको अर्थतन्त्र, नेपालको शेयर बजार , हालसलै राष्ट्र बैंकले जारी गरेको परिकृत निर्देशनले पार्ने प्रभावको बारेमा पनि प्रकाश पारेका थिए ।

साथसाथै सानिमा बैंकले अहिले प्रदान गरीरहेको बचत खाता र मुद्वती खाताका बारेमा समेत विस्तृत अन्तरकृया भएको थियो। मोर्डन नेपाल कलेजको विद्यार्थीहरुका मुख्य जिज्ञासा शेयर बजार र शेयर भर्दे सानिमा बैंकले निशुल्क रुपमा शेयर कारोबार गर्ने मिल्ने कुरा थाहा पाएपछि अबको कारोबार सानिमा बैंकमा गर्ने कुरा विद्यार्थीहरुले बताए।

कार्यक्रममा विभिन्न कर्जाको बारेमा समेत छलफल भएको थियो सो क्रममा विद्यार्थीहरुले शैक्षिक कर्जा लिने प्रक्रियाको बारेमा समेत सानिमा बैंकका तर्फबाट प्रबिण न्यौपानेले जानकारी गराएका थिए ।

अहिलेको युगमा डिजिटल बैंकको बारेमा र सानिमा बैंकले प्रदान गरेको डिजिटल बैकिङको बारेमा सानिमा बैंकको तर्फबाट सुरेन्द्र रिमालले प्रकाश पारेका थिए । सो क्रममा मोबाइल बैकिङ वा डिजिटल बैकिङ जोखिम व्यवस्थापनका बारेमा समेत छलफल भएको थियो ।

सानिमा बैंकले वित्तिय साक्षरता कार्यक्रमले विद्यार्थीलाई यती महत्वपूर्ण जानकारी गराएकोमा मोर्डन नेपाल कलेजका तर्फबाट कलेजका संयोजक राजेश कुमार न्यौपानेले आगामी दिनमा समेत यस्तै महत्वपूर्ण कार्यक्रम गदै जानेमा विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0
Published Date: 27 December 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने