आजको मौसमः हिमाली भू-भागमा हिमपातको सम्भावना

आजको मौसमः हिमाली भू-भागमा हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, पुस ९ ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 December 2023
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो