शाहरुख खानको नयाँ फिल्म ‘डंकी’ नेपालमा रुचाईएन

शाहरुख खानको नयाँ फिल्म ‘डंकी’ नेपालमा रुचाईएन : Icon Khabar

काठमाडौं, पुस ६ । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डंकी’ रिलीज भएको छ । फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया आईरहेका छन् । नेपाली कलाकारहरुले भने यो फिल्को मजाक बनाई रहेका छन् ।

फिल्म निर्माता अविरल थापाले रमाईलो शैलीमा फिल्म खराब भएको बताएका छन् । उनले सामाजिक सञ्लमा फिल्मको नाममा ‘डंकी’ अर्थात गधा बनाएको लेखेका छन् । उनले राजकुमार हिरानीलाई मूर्खसमेत भनेका छन् । उनको फिल्मप्रतिको धारणा देखेर धेरै जना फिल्म हेर्न हलसम्म नजाने निर्णयमा पुगेको देखिएको छ ।

तर आफू पनि फिल्म बनाउने भएकोले पहिलो दिन नै यस्तो नलेख्न एक सञ्जाल प्रयोगकर्ताले उनलाई सुझाएका छन् । यसको जवाफमा जसले पनि आफ्नो फिल्मलाई जस्तो पनि प्रतिक्रिया दिने जवाफ फर्काएका छन ।
उनको अनेस्ट रिभ्युले धेरै दर्शकको पैसा खेर जानबाट बचेको छ ।

त्यस्तै निर्देशक एभरेष्ट सूर्य बोहराले पनि यो फिल्मको राम्रै मजाक बनाएका छन । उनले नेपाली फिल्मलाई होच्याउने तर विदेशी फिल्म पहिलो शो हेर्नेहरुप्रति लक्षित गर्दै मज्जैले लेखेका छन् । उनी लेख्छन्– #जनावर #गधा…त्यो पनि अर्काको ! हेर्न मरिहत्ते !! किन समय बर्बाद गर्नु ? पैसा फाल्नु ?? भनेकै हो त्यो भाईलाई ! मानेन । फर्स्ट डे फर्स्ट शो भन्दै उफ्रिँदैथ्यो,’ अहिले ‘डुबेँ दाई भनेर दुई वटा भाषामा रुँदैछ, के भनम र खै !’

उनले धेरै नेपाली दर्शकलाई ऐना देखाउने पोस्ट गरेका छन् ।

Published Date: 22 December 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड