शाहरुख खानको नयाँ फिल्म ‘डंकी’ नेपालमा रुचाईएन

शाहरुख खानको नयाँ फिल्म ‘डंकी’ नेपालमा रुचाईएन : Icon Khabar

काठमाडौं, पुस ६ । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डंकी’ रिलीज भएको छ । फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया आईरहेका छन् । नेपाली कलाकारहरुले भने यो फिल्को मजाक बनाई रहेका छन् ।

फिल्म निर्माता अविरल थापाले रमाईलो शैलीमा फिल्म खराब भएको बताएका छन् । उनले सामाजिक सञ्लमा फिल्मको नाममा ‘डंकी’ अर्थात गधा बनाएको लेखेका छन् । उनले राजकुमार हिरानीलाई मूर्खसमेत भनेका छन् । उनको फिल्मप्रतिको धारणा देखेर धेरै जना फिल्म हेर्न हलसम्म नजाने निर्णयमा पुगेको देखिएको छ ।

तर आफू पनि फिल्म बनाउने भएकोले पहिलो दिन नै यस्तो नलेख्न एक सञ्जाल प्रयोगकर्ताले उनलाई सुझाएका छन् । यसको जवाफमा जसले पनि आफ्नो फिल्मलाई जस्तो पनि प्रतिक्रिया दिने जवाफ फर्काएका छन ।
उनको अनेस्ट रिभ्युले धेरै दर्शकको पैसा खेर जानबाट बचेको छ ।

त्यस्तै निर्देशक एभरेष्ट सूर्य बोहराले पनि यो फिल्मको राम्रै मजाक बनाएका छन । उनले नेपाली फिल्मलाई होच्याउने तर विदेशी फिल्म पहिलो शो हेर्नेहरुप्रति लक्षित गर्दै मज्जैले लेखेका छन् । उनी लेख्छन्– #जनावर #गधा…त्यो पनि अर्काको ! हेर्न मरिहत्ते !! किन समय बर्बाद गर्नु ? पैसा फाल्नु ?? भनेकै हो त्यो भाईलाई ! मानेन । फर्स्ट डे फर्स्ट शो भन्दै उफ्रिँदैथ्यो,’ अहिले ‘डुबेँ दाई भनेर दुई वटा भाषामा रुँदैछ, के भनम र खै !’

उनले धेरै नेपाली दर्शकलाई ऐना देखाउने पोस्ट गरेका छन् ।

Published Date: 22 December 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक